default_image

4 years ago

April 6, 2020

जिदानको योजनामा बेल थिएनन्

एजेन्सी – जिनेदिन जिदानले दोस्रो पटक रियल म्याड्रिडको कमान सम्हाल्दा उनको योजनामा ग्यारेथ बेल थिएनन् । तर, बेललाई बेच्ने योजना सफल नभएपछि वेल्सका फरवार्डलाई लिएर खेलाउनु पर्ने अवस्थामा जिदान पुगे । जुलाईमा फ्रान्सेली प्रशिक्षकले भनेका थिए मलाई बेल टोलीमा चाहिदैन । तर बेल क्लब छाडेर जाने परिस्थिति बनेन । जसलाई स्वीकार्दै जिदानले बेललाई सिजनको पहिलो […]

36 views

0 Bookmark

एजेन्सी – जिनेदिन जिदानले दोस्रो पटक रियल म्याड्रिडको कमान सम्हाल्दा उनको योजनामा ग्यारेथ बेल थिएनन् । तर, बेललाई बेच्ने योजना सफल नभएपछि वेल्सका फरवार्डलाई लिएर खेलाउनु पर्ने अवस्थामा जिदान पुगे ।

जुलाईमा फ्रान्सेली प्रशिक्षकले भनेका थिए मलाई बेल टोलीमा चाहिदैन । तर बेल क्लब छाडेर जाने परिस्थिति बनेन । जसलाई स्वीकार्दै जिदानले बेललाई सिजनको पहिलो खेलमै पहिलो रोजाईमा राखे । तेस्रो खेलमा उनले भिल्लारियलविरुद्ध गोल पनि गरे । त्यसपछि भने बेलबाट गोल निस्केन ।

रियलमा अहिले सर्वाधिक पारिश्रमिक लिने बेलले सेप्टेम्बर १ देखि गोल गरेका छैनन् । लगातार दोस्रो सिजन उनले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन् । बेलका मैदान बाहिरको गतिविधि पनि विवादित रहे । घाइते भएको बताउँदै आराम गरिरहेका बेल एक पटक वेल्स, गल्फ , म्याड्रिडको ब्यानर बोकेका थिए । चोटकै काराण देखाउँदै उनी सुपर कप डी स्पानामा अनुपस्थित रहे ।

बेलले बेला बेला टोलीको अनुशासन तोडेकै कारण ओलोचन पनि खेप्नु परेको थियो । कतिपय अवस्थामा आफु नखेलेको दिन उनी चाँडै रंगशालाबाट बाहिरिने गरेका थिए । यहि अवस्थाको निरन्तरता रहँदा बेल जिदानको रोजाईमा पर्ने छैनन् । त्यसले पनि यसपटक रियलले बेललाई बेच्ने सम्भावना बढी छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.