default_image

4 years ago

April 7, 2020

‘नेयमार मैदानमा नाटक गर्छन्’

एजेन्सी – रियल म्याड्रिड र स्पेनका पूर्व प्रशिक्षक भिसेन्टे डेल बोस्केले ब्राजिलियन स्टार नेयमारले गर्ने विवादस्पाद हर्कत आफुलाई मन नपर्ने बताएका छन् । खेलजीवनमा ब्राजिलियन फरवार्ड नेयमार मैदानमा अभिनय गर्नेमा माहिर भनेर बदनाम छन् । ‘मेरो लागि उनी राम्रो उदाहारण दिने खेलाडी होइनन् । उनी खेलाडीका रुपमा राम्रो खेलाडी हुन्’, डेल बोस्केले भने, ‘मरो लागि […]

40 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड र स्पेनका पूर्व प्रशिक्षक भिसेन्टे डेल बोस्केले ब्राजिलियन स्टार नेयमारले गर्ने विवादस्पाद हर्कत आफुलाई मन नपर्ने बताएका छन् । खेलजीवनमा ब्राजिलियन फरवार्ड नेयमार मैदानमा अभिनय गर्नेमा माहिर भनेर बदनाम छन् ।

‘मेरो लागि उनी राम्रो उदाहारण दिने खेलाडी होइनन् । उनी खेलाडीका रुपमा राम्रो खेलाडी हुन्’, डेल बोस्केले भने, ‘मरो लागि विश्वका उत्कृष्ट ५ खेलाडीमा उनी पनि पर्दछन् । तर उनी मैदानमा एकदमै नाटक र छल गर्छन् ।’

विश्व नै अहिले कोरोना भाइरस कोभिड १९ ले आक्रांत छ । विश्व नै यति बेला निरह भएर घुँडा टेकिरहेको छ । डेल बोस्केले यो महामारीले सबैलाई अझ त्यसमा पनि त्यसमा पनि विशेष गरि राजनीतिकहरु पाठ भएको बताएका छन् ।

‘कसैलाई पनि सबै कुरा थाहा हुन्न । सबैको विचारको सम्मान गर्नुपर्दछ र यसबाट सक्निुपर्दछ,’ उनले भने, ‘अहिले धेरैको मृत्यु भइरहेको छ । यो बेलामा सबैले यो अवस्थालाई गम्भिरतापूर्वक लिनुपर्दछ । कोरोनाको अति प्रभावित देशमा स्पेन एक हो ।’

कोरोनाले युरोपियन फुटबललाई निकै असर गरेको छ । डेल बोस्केले यो सिजनको अन्त्यसम्ममा भएपनि सकाउनुपर्ने तर्क गरको छन् । ‘घरेलु लिग सकिनु पर्छ ,’ उनले भने, ‘च्याम्पियन, रेलिगेसन र बुढुवा सबैको टुंगो लाग्नुपर्दछ । मलाई लाग्छ सिजनको अन्त्य गरिनै पर्दछ । ‘

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.