default_image

4 years ago

April 6, 2020

कोरोनाका कारण गुआर्डीओलाको आमाको मृत्यु

एजेन्सी – विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाको आमाको मृत्यु भएको छ । स्पेनी नागरिक गुआर्डीओलाकी आमा दोलोर्स साला कार्रियो ८२ वर्षकी थिइन् । म्यानचेस्टर सिटीले एक विज्ञप्ति जारी गर्दै गुआर्डीओला र उनको परिवारलाई समवेदना प्रकट गरेको छ । गुआर्डीओलाले खेलाडीको रुपमा स्थानीय क्लब बार्सिलोनामा खेलेका थिए […]

67 views

0 Bookmark

एजेन्सी – विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाको आमाको मृत्यु भएको छ ।

स्पेनी नागरिक गुआर्डीओलाकी आमा दोलोर्स साला कार्रियो ८२ वर्षकी थिइन् । म्यानचेस्टर सिटीले एक विज्ञप्ति जारी गर्दै गुआर्डीओला र उनको परिवारलाई समवेदना प्रकट गरेको छ । गुआर्डीओलाले खेलाडीको रुपमा स्थानीय क्लब बार्सिलोनामा खेलेका थिए । त्यसपछि प्रशिक्षकका रुपमा बार्सिलोनामा सफल रहेका उनी बायर्न म्युनिख हुँदै सिटी आएका हुन् ।

सिटीली जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘म्यानचेस्टर सिटी परिवार प्रशिक्षक पेप गुआर्डीओलाकी आमा दोलोर्स साला कार्रियोको मृत्युको दुखद घडीमा छ । बार्सिलोनामा कोरोना भाइरसका कारण ज्यान गुमाएकी उनी ८२ वर्षकी थिइन् । क्लबसंग सम्बद्ध सबैको तर्फबाट यो दुखद घडीमा पेप, उनको परिवार र साथीलाई समवेदना प्रकट गर्दछौं ।’

स्पेन कोरोनाका कारण निकै असर परेको राष्ट्रमा पर्दछ । हालसम्म स्पेनमा १३ हजार बढीले ज्यान गुमाइसकेका छन् भने १ लाख ३५ हजारमा संक्रमण देखिएको छ । ४० हजार संक्रमित भने ठिक भैसकेका छन् ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.