default_image

4 years ago

April 7, 2020

क्लबहरु भन्दा मेस्सी अगाडि

एजेन्सी – अर्जेन्टिना र बार्सिलोनाका सुपरस्टार लियोन मेस्सी फुटबल इतिहासकै उकृष्ट खेलाडी मध्ये एक हुन् भन्ने चर्चा गरिन्छ । खेल जीवनमा प्राप्त गरेका सफलता र उनको खेल कौशलकै कारण उनलाई उत्कृष्ट खेलाडीको रुपमा हेरिएको छ । विश्व फुटबलका सबै भन्दा ठूलो व्यक्तिगत अवार्ड बालोन डी ओर मेस्सीले सर्वाधिक ६ पटक जितेका छन् । ३२ वर्षे […]

52 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना र बार्सिलोनाका सुपरस्टार लियोन मेस्सी फुटबल इतिहासकै उकृष्ट खेलाडी मध्ये एक हुन् भन्ने चर्चा गरिन्छ । खेल जीवनमा प्राप्त गरेका सफलता र उनको खेल कौशलकै कारण उनलाई उत्कृष्ट खेलाडीको रुपमा हेरिएको छ । विश्व फुटबलका सबै भन्दा ठूलो व्यक्तिगत अवार्ड बालोन डी ओर मेस्सीले सर्वाधिक ६ पटक जितेका छन् ।

३२ वर्षे फरवार्डले जारी सिजनमा पनि उच्च प्रदर्शन गरिरहेका छन् । उनले सबै खाले प्रतियोगितामा ३१ खेल खेल्ने क्रममा २४ गोल गर्नुका साथै १६ गोलमा एसिस्ट गरेका छन् । उनकै उच्च प्रदर्शनबाट प्रेरित बार्सिलोना स्थगित हुँदाको अवस्थामा ला लिगाको शीर्षस्थानमा रहेको छ । त्यस्तै च्याम्पियन्स लिगमा पनि टोलीले दाबेदारी प्रस्तुत गरिरहेको छ ।

यो सिजन २४ गोल गर्ने क्रममा मेस्सीले ८ खेल पेनाल्टी बक्स बाहिरबाट गरेका छन् । जुन युरोपका शीर्ष ५ लिगका कुनै पनि क्लबले गरेको भन्दा बढी हो । मेस्सी पछि पेनाल्टी बक्स बाहिरबाट गोल गर्ने टोलीमा चेल्सी र म्याचेस्टर युनाइटेड संयुक्त रुपमा दोस्रो नम्बरमा रहेका छन् । दुवै टोलीले समान ७ गोल गरेका छन् । त्यस्तै लिभरपुल र रियल म्याड्रिडले समान ६ गोल गरेका छन् ।

कोरोना भाइरस कोभिड १९ का कारण लिग स्थगित नभएको भए मेस्सीको त्यो आँकडा अझै बढी हुन सक्थ्यो । तर विश्वव्यापी रुपमा कोरानाले महामारीको रुप लिएपछि युरोपका अधिकांश लिग स्थगित छन् । कोरोना नियन्त्रणमा आइनसकेकोले लिग कहिलेबाट सुरु हुने भन्ने अवस्था छैन ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.