default_image

4 years ago

April 7, 2020

बायर्नले पनि प्रशिक्षण थाल्यो

45 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच प्रशिक्षण शुरु गरेको छ । बायर्न म्युनिख कोरोना भाइरसको त्रासकाबीच प्रशिक्षण थाल्ने दोस्रो क्लब बनेको छ । यसअघि जर्मन क्लब बोरुसिया डर्टमन्डले गत सातादेखि प्रशिक्षण थालेको थियो । 

कोरोनाको कारण विश्व खेलुकद नै ठप्प बनेर शुरु हुने तर्खर पनि नहुदा क्लबले खेलाडीको फिटनेसको लागि सानो समूह बनाएर सोमबारदेखि प्रशिक्षण थालेको हो । बायर्नले क्लबका शीर्ष खेलाडीहरुले सोमबारदेखि प्रशिक्षण थालेको बताएको छ । पहिलो दिनको प्रशिक्षणमा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की, थोमस मुलर, किङ्से कोमान, निकोलस सुल, फिलिपे कौटिन्हो, म्यानुयल निउर, लियोन गोरेट्का, जोसुवा किम्मिच र जेरोमी बोएटिङको उपस्थिति रहेको थियो ।

जर्मनी अझै पनि लकडाउनमै रहेकाले क्लबले प्रशिक्षणमा लकडाउनको नियम पालना गर्दै वान अन वान ड्रिलको प्रशिक्षण गरेको थियो । बायर्नले १३ मार्चयता प्रशिक्षण गरेको थिएन । बायर्नले विज्ञप्ति जारी गर्दै बायर्नको पहिलो टोलीले सोमबारदेखि सानो समूह बनाएर प्रशिक्षण थालेको उल्लेख गरेको छ । ‘हामीले यो सरकारसँग समन्वय गर्दै प्रशिक्षण शुरु गरेका हौं । प्रशिक्षणमा हरेक खेलाडीले एक्लै एक्लै खेल्नेछ । प्रशिक्षणमा सर्वसाधारणलाई निषेध गरिएको छ ।’ बायर्नले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै जर्मनीको अर्काे क्लब साल्कले पनि सोमबारदेखि नै प्रशिक्षण शुरु गरेको छ । जर्मन बुन्डेस लिगाको २५औं चरणको खेल सकिदा बायर्न ५५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमन्डको ५१ अंक छ । बुन्डेस लिगमा ९ चरणको खेल बाँकी छ । जर्मनीमा १ लाख भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । १५ सय बढीले ज्यान गुमाइसकेको छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.