default_image

4 years ago

April 9, 2020

स्थिर फिफा वरियता

एजेन्सी – कोरोना भाइरस (कोभिड-१९) को प्रकोपका कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको विश्व वरीयता स्थिर बन्न पुगेको छ । मार्च महिनामा फिफाको अन्तर्राष्ट्रिय खेलहरु हुने विन्डो भएपनि कोरोनाका कारण सम्पूर्ण खेलहरु रद्द हुन पुगेको थियो । नेपालले पनि विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा दुई खेल खेल्ने कार्यक्रम रहेको थियो । तर कोरोनाले […]

46 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस (कोभिड-१९) को प्रकोपका कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको विश्व वरीयता स्थिर बन्न पुगेको छ ।

मार्च महिनामा फिफाको अन्तर्राष्ट्रिय खेलहरु हुने विन्डो भएपनि कोरोनाका कारण सम्पूर्ण खेलहरु रद्द हुन पुगेको थियो । नेपालले पनि विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा दुई खेल खेल्ने कार्यक्रम रहेको थियो । तर कोरोनाले गर्दा विश्वकप छनोटका खेलसँगै सम्भावित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु पनि स्थगित हुन पुग्यो ।

फिफाले बिहिबार सार्वजनिक गरेको वरीयतामा अघिल्लो महिनाको तुलनामा जम्मा ४ खेल सम्भव भए । त्यसले गर्दा वरीयताको तल्लो क्रममा रहेका दुई टोलीको मात्र वरीयता परिवर्तन भएको हो । दक्षिण सुडानको वरियता १ सय ६८ स्थानमा पुगेको छ । बर्मुडाले जमैकासँग २-० को हार बेहोरेपछि सुडान र जमैका एकै स्थानमा रहेका हुन् ।

नेपाल विश्व वरीयताको १ सय ७० औं स्थानमा छ । दक्षिण एसियाली राष्ट्रमा भारत १ सय ८ स्थानमा रहँदा माल्दिभ्स १ सय ५५ औं स्थानमा छ । नेपालभन्दा पछाडी बंगलादेश १ सय ८७, भुटान १ सय ८९, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औं स्थानमा रहेका छन् । एसियाली राष्ट्रमध्य शीर्षस्थानको जापान विश्व वरीयतामा २८ औं स्थानमा छ ।

विश्व वरीयतामा बेल्जियमले नै शीर्षस्थान ओगटेको छ । दोस्रो स्थानमा फ्रान्स र तेस्रोमा ब्राजिल रहेका छन् । त्यसपछि इंग्ल्यान्ड र उरुग्वेले क्रमश: शीर्ष ५ स्थान ओगटेका छन् । शीर्ष १० स्थानमा क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलोम्बिया रहेका छन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.