6 years ago
April 13, 2020
प्रशिक्षण करीअरमा आधा दर्जन क्लबलाई प्रशिक्षण दिइसकेका मेघराज केसीले अब ए डिभिजन क्लब नहेर्ने निर्णय गरेका छन् । रुस्लान थ्री स्टार क्लबसँगको दोस्रो पटकको सम्झौता सकिएसँगै उनले ए डिभिजन टोलीलाई प्रशिक्षण दिने क्रमलाई रोक्ने निर्णय गरेका हुन् । थ्री स्टारमा उनको पछिल्लो कार्यकाल झन्डै चार वर्षको रह्यो ।

थ्री स्टार र त्रिभुवन आर्मी क्लबका प्रशिक्षक रहँदा घरेलु फुटबलका अधिकांश नकआउट प्रतियोगिता जितेका केसीले लिग भने जित्न सकेका छैनन् । तर, यहि अवस्थाबाट अब क्लब फुटबलमा माथिल्लो स्तरको टोली नहेर्ने उनले घोषणा गरेका छन् ।
‘अब ए डिभिजन क्लब नहर्ने निर्णय लिएको छु । मैले जति गर्न सक्ने थिए गरें । अब हाम्रो फिल्डमा पनि नयाँ प्रशिक्षकहरु आउनु भएको छ’, उनले भने ,’दुई दशकभन्दा लामो समय प्रशिक्षकका रुपमा काम गरे । यसरी काम गर्दा दबाब पनि भयो, सिक्ने काम पनि भयो । अब यसबाट अलग हुने समय आएको महसुस गरे ।’
२०५५ सालमा एन्फा एकेडेमीमा प्रशिक्षकका रुपमा प्रशिक्षण सुरु गरेका केसीले राष्ट्रिय फुटबल टोलीमा ग्राहम रोबर्ट्स प्रशिक्षक छँदा सहायक प्रशिक्षक रहेर अनुभव बटुले । यू १४ र पछिल्लो पटक गतवर्ष उनले यू १९ टोलीको प्रशिक्षकको भूमिका पनि सम्हाले । एन्फामा रहँदा उनले तत्कालिन कोरियाल प्रशिक्षक योकी होङका लागि दोभाषेका रुपमा काम गरेका थिए ।

यसबीचमा उनले जावलाखेल क्लब, फ्रेन्ड्स , मछिन्द्र, क्लब, हिमालयन शेर्पा, आर्मी र थ्री स्टार क्लबलाई प्रशिक्षण दिए । थ्री स्टार र आर्मीमा उनले नकआउट फुटबलका अधिकांश प्रतियोगिता जिते । ए डिभिजन सम्हाल्नुअघि उनले तत्कालिन नेकपा माओवादीको पिएलए टोलीलाई २ वर्ष प्रशिक्षण दिए । २०६५ मा पाँचौ राष्ट्रिय खेलकुदमा पिएलएले उनकै प्रशिक्षणमा खेलेको थियो ।
केसी आफूलाई प्रशिक्षकका रुपमा स्थापित गराउन दुईवटा पक्षलाई महत्त्वपूर्ण मान्छन् । ‘होङको दोभाषे हुँदा मेरो विकल्प हुन्थेन । मैले त्यति बेला दोभाषेका रुपमा मात्र नभए उनले गरेको प्रशिक्षणलाई पनि सुक्ष्म ढंगले हेर्ने र विश्लेषण गर्नेमा मौका पाए । मलाई लाग्छ त्यो बेला मैले धेरै सिकें’ , उनले स्मरण गरे, ‘अर्को प्रशिक्षकका रुपमा मैले जोखिम लिएर पिएलए जस्तो कच्चा टोलीबाट पनि नजिता निकाल्न सफल भए । यी दुई घटनाले सायद मलाई फुटबलमा धेरै सिकायो ।’
पिएलए हुँदै त्यसपछि ६ ए डिभिजन टोली हेरेका ४७ वर्षे केसी फुटबलबाट भने अलग हुन नसक्ने बताउँछन् । ‘मैले प्रतिस्पर्धात्मक क्लब नहेर्ने निर्णय गरेको छु । तर म फुटबलबाट टाढा जाने भने होइन’, केसीले भने, ‘तीन दशक भन्दा लामो समय यसमै बिताए । जे जाने यसै जाने । अब आफ्नो ज्ञान र सिपलाई बाढ्न चाहन्छु ।’

यसो भनेर केसीले आउने दिनमा नयाँ खेलाडी उत्पादनमा काम गर्ने चाहेको प्रष्ट पारे । त्यसका लागि के विकल्प सोच्नु भएको छ त भन्ने प्रश्नमा उनको जवाफ छ, ‘अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि बोलाइरहेको छ । त्यहाँ जना पनि सक्छु । त्यसरी गए भने दीर्घकालिन योजनासहित युवा टोली हेर्ने मौका पाए भने त्यो हेर्न सक्छु ।’
उनी त्यतिमा रोकिएनन्, ‘अब मा भविष्यमा आफुले जानेको सिपलाई जिल्ला जिल्लाका प्रशिक्षक साथीहरुसँग साट्ने योजना बनाएको छु । म स्वयंसेवी रुपमा पनि काम गर्न चाहन्छु । आफुले जानेको सिप आफैमा सिमित राख्न चाहन्न । अब फरक ढंगले आफुलाई फुटबलमा सक्रिय हुने म छ । कम्तीमा अब प्रतिस्पर्धात्मक फुटबल भने फर्किन्न । यसमा म क्लियर छु ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]