6 years ago
April 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा एकेडेमीको भवन क्वारिन्टिनका लागि प्रयोग गरिने भएको छ । ललितपुर महानगरपालिकाको आग्रहमा एन्फाले एकेडेमी भवन प्रयोगका लागि दिन लागेको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहिटको टोलीले बिहीकार एकेडेमीको निरिक्षण गरेका थिए । क्वारिन्टिनका लागि १४ कोठा प्रयोग हुने बताइएको छ । जसमा २० जना सम्मलाई राख्न सकिने जनाइएको छ ।

एन्फाले आफ्नो भौतिक पूर्वाधार क्वारिन्टाइनका लागि प्रयोग गर्ने दिने यसअघि नै निर्णय गरेको थियो । रौतहटस्थित महिला एकेडेमीमा प्रदेश २ को सरकारले ४० जनालाई क्वारिन्टनमा राखेको छ । एन्फाले गत साता आफ्नो २ एम्बुलेसन कोराना भाइरसको नियन्त्रण नहुँदा सम्मका लागि लतिलपुर महानगरलाई प्रदान गरेको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]