6 years ago
April 20, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडलाई साउदी अरेबियाको सार्वभौम धन कोषले खरिद गर्ने भएको छ । साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गर्न लागेको हो ।

यसअघि टोलीका मालिक रहेका माइक एस्लीले क्लबलाई राम्रोसँग सम्हालन नसकेको आरोप लाग्दै आएको छ । साउदीको लगानीसँगै अब ट्रान्सफर बजारमा न्युकासल आक्रामक रुपमा आउने अपेक्षा गरिएको छ । यसअघि म्यानचेस्टर सिटीमा पनि अबुधावीका शेख मन्सुरले लगानी गरेपछि क्लबको मुहार नै फेरिएको थियो । यद्यपि न्युकासलको खरिद प्रक्रियामा प्रिमियर लिगले स्वीकृत गर्न बाँकी छ ।
दुवै पक्षबाट कागजी प्रक्रिया सकिएको र खरिद रकम समेत चुक्ता भइसकेको छ । अब प्रिमियर लिगले सम्पूर्ण प्रक्रिया अध्ययन गरेर केहि साताभित्र औपचारिक निर्णय गर्ने बुझिएको छ । साउदीले क्लबको ८० प्रतिशत स्वामित्व खरिद गर्न लागेको हो । बाँकी २० प्रतिशत भने आमान्डा स्टेभेली र रुबेन परिवारको नाममा रहेको छ ।

साउदीको खरिद प्रक्रिया स्वीकृत भएपछि यासिर अल रुमाएन क्लबको नयाँ अध्यक्ष बन्नेछन् । उनी साउदी अरबको नागरिक लगानी कोषका गभर्नर हुन् । उनी विश्वकै सबैभन्दा ठूलो तेल कम्पनि साउदी आराम्कोका अध्यक्ष समेत हुन् । उनी विश्व प्रतिष्ठित ट्याक्सी सेवा प्रदायक उबरको पनि बोर्डमा छन् । उनलाई साउदीका राजकुमार मोहमद बिन सलमानको साथ रहेको छ ।
कोरोना महामारीका कारण एस्लीले न्युकासल बेच्ने प्रक्रियामा केहि लचकता अपनाएका थिए । उनले आफूले तोकेको मुल्यभन्दा ४० मिलियन पाउण्ड कममै क्लब हस्तान्तरण गरे । साउदीले प्रिमियर लिगमा बुझाएको कागजातमा च्याम्पियन्स लिगमा खेल्ने देखि नयाँ विज्ञापन स्रोत जम्मा गर्ने बताएको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]