default_image

6 years ago

April 23, 2020

साउदीको न्युकासल खरिद रोक्न प्रिमियर लिगलाई दबाब

171 views

0 Bookmark

एजेन्सी – साउदी अरेबियाको सार्वभौम धन कोषले इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेड खरिद गर्ने प्रक्रिया रोक्न प्रिमियर लिगमाथि दबाब बढेको छ ।

साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गर्न क्लबका मालिक माइक एस्लीसँग सम्झौता गरिसकेको छ । यसअघि टोलीका मालिक रहेका एस्लीले क्लबलाई राम्रोसँग सम्हालन नसकेको आरोप समर्थकबाट लाग्दै आएको थियो । साउदीको लगानीसँगै अब ट्रान्सफर बजारमा न्युकासल आक्रामक रुपमा आउने अपेक्षा गरिएपनि त्यसले केहि समय कुर्नुपर्ने देखिन्छ ।

साउदीले खरिद गर्ने प्रक्रिया अगाडी बढाएसँगै प्रिमियर लिगले स्वीकृति दिन बाँकी छ । लिगले अब कागजात अध्ययन गरेर क्लबका नयाँ मालिक र निर्देशन बोर्डसँग छलफल गरेपछि मात्र स्वीकृति प्रदान गर्ने नगर्ने निर्णय हुनेछ । तर साउदीको प्रयास सफल हुन नदिन प्रिमियर लिगलाई दुई संस्थाबाट दवाव आएको छ ।

टेलिभिजन कम्पनि बिइन स्पोर्ट्स र एम्नेस्टी इन्टरनेसनलले प्रिमियर लिगलाई साउदीको खरिद प्रक्रियालाई स्वीकृति नदिन चेतावनी दिएका छन् । कतारमा रहेको बिइन स्पोर्ट्स प्रिमियर लिगको विदेशी टेलिभिजनमा लिग प्रसारण गर्ने आधिकारिक संस्था हो । कतार र साउदीबीच पछिल्लो समय कुटनीतिक सम्बन्धमा समस्या हुँदा पनि लिगलाई दबाब परेको हो ।

पछिल्लो तीन वर्ष साउदीमा बिटोक नामक च्यानलले अनाधिकृत रुपमा प्रिमियर लिग प्रसारण गरेपछि साउदी र बिइन स्पोर्ट्सबीच तिक्तता आएको हो । साउदीले यस विषयमा आवश्यक कारवाही नगर्दा बिइन रुष्ट देखिएको छ । बिइनले मध्यपूर्वी राष्ट्रमा प्रिमियर लिग देखाउने अधिकारी खरिद गरेवापत मोटो रकम तिर्दै आएकोमा बिटोकले विना कुनै शुल्क प्रसारण गरेको थियो ।

बिइनले प्रिमियर लिगका सबै क्लबलाई पनि पत्राचार गर्दै प्रिमियर लिग समक्ष यसको विरोध गर्न आग्रह गरेको छ । बिइनले प्रिमियर लिगलाई प्रसारण अधिकार खरिद गरेवापत ३ वर्षको ४ सय मिलियन पाउण्ड तिर्दै आएको छ । प्रसारण अधिकार रकम नै लिग र क्लबहरुको आम्दानी मुख्य स्रोत रहेकाले प्रिमियर लिगले यसबारे गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।

यस्तै मानव अधिकारसम्बन्धि अभियानकर्ता एम्नेस्टी इन्टरनेसनलले पनि प्रिमियर लिग क्लबमा साउदी अरबयाको लगानी गर्न दिन नहुने अडान राखेको छ । एम्नेस्टीले लामो समयदेखि साउदी अरबमा मानवअधिकार हनन भएको, महिला अधिकारसम्बन्धि समस्या रहेको, तेस्रो लिंगीको अधिकार सँगै वाक स्वतन्त्रता नभएको भन्दै विरोध जनाउँदै आएको छ । प्रिमियर लिगले यस्तो संस्थासँग जोडिन नहुने एम्नेस्टीको अडान छ ।

साउदीलाई पछिल्लो समय ‘स्पोर्ट्सवासिङ’ गरेको आरोप लाग्दै आएको छ । स्पोर्ट्सवासिङ भन्नाले कुनैपनि संस्थाले खेलकुदको प्रतियोगिता अथवा टोली खरिद गरेर आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन खोज्नु हो । यद्यपि साउदीका राजकुमार अब्दुलअजिज बिन तुर्की अल फैसलले यस आरोपको खण्डन गरेका छन् ।

‘ हामी खेलकुदमा आबद्ध हुन चाहन्छौं । सन् २०१५ मा जम्मा १३ प्रतिशत साउदीका जनताले प्रति साता आधा घण्टा खेलकुदमा बिताएको देखियो । हामी सन् २०३० सम्म यसलाई ४० प्रतिशत पुर्याउन चाहन्छौं,’ उनले भने ।

यसअघि म्यानचेस्टर सिटीमा आबुधावीका शेख मन्सुरले लगानी गरेपछि क्लबको मुहार नै फेरिएको थियो । त्यसबेला पनि सिटीको खरिद प्रक्रियालाई लिएर निकै आलोचना भएको थियो । न्युकासलको हकमा पनि खरिद प्रक्रियामा प्रिमियर लिगले स्वीकृत गर्ने सम्भावना बलियो छ । दुवै पक्षबाट कागजी प्रक्रिया सकिएको र खरिद रकम समेत चुक्ता भइसकेको छ ।

अब प्रिमियर लिगले सम्पूर्ण प्रक्रिया अध्ययन गरेर केहि साताभित्र औपचारिक निर्णय गर्ने बुझिएको छ । साउदीले क्लबको ८० प्रतिशत स्वामित्व खरिद गर्न लागेको हो । बाँकी २० प्रतिशत भने आमान्डा स्टेभेली र रुबेन परिवारको नाममा रहेको छ । साउदीको खरिद प्रक्रिया स्वीकृत भएपछि यासिर अल रुमाएन क्लबको नयाँ अध्यक्ष बन्नेछन् ।

रुमाएन साउदी अरबको नागरिक लगानी कोषका गभर्नर हुन् । उनी विश्वकै सबैभन्दा ठूलो तेल कम्पनि साउदी आराम्कोका अध्यक्ष समेत हुन् । उनी विश्व प्रतिष्ठित ट्याक्सी सेवा प्रदायक उबरको पनि बोर्डमा छन् । उनलाई साउदीका राजकुमार मोहमद बिन सलमानको साथ रहेको छ ।

कोरोना महामारीका कारण एस्लीले न्युकासल बेच्ने प्रक्रियामा केहि लचकता अपनाएका थिए । उनले आफूले तोकेको मुल्यभन्दा ४० मिलियन पाउण्ड कममै क्लब हस्तान्तरण गरे । साउदीले प्रिमियर लिगमा बुझाएको कागजातमा च्याम्पियन्स लिगमा खेल्ने देखि नयाँ विज्ञापन स्रोत जम्मा गर्ने बताएको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.