default_image

4 years ago

April 26, 2020

सुजलको सफलता

प्रकाश तिमल्सिना, काठमाडौं झन्डै दशक लामो अन्तर्राष्ट्रिय फुटबल यात्रामा सुजल श्रेष्ठले दुई वटा उपाधि जित्दाको क्षणलाई महत्त्वपूर्ण मानेका छन् । झन्डै चार वर्षअघि नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को पहिलो आधिकारिक प्रतियोगिता जित्ने क्रममा एएफसी सोलिडारिटी कप जितेको थियो । फाइनलमा सुजलकै गोलमा नेपाल च्याम्पियन बनेको थियो । गत मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं […]

95 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

झन्डै दशक लामो अन्तर्राष्ट्रिय फुटबल यात्रामा सुजल श्रेष्ठले दुई वटा उपाधि जित्दाको क्षणलाई महत्त्वपूर्ण मानेका छन् । झन्डै चार वर्षअघि नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को पहिलो आधिकारिक प्रतियोगिता जित्ने क्रममा एएफसी सोलिडारिटी कप जितेको थियो । फाइनलमा सुजलकै गोलमा नेपाल च्याम्पियन बनेको थियो ।

गत मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को यू २३ मा नेपालले स्वर्ण पदक जित्यो । सुजल त्यो टोलीको कप्तान थिए । २३ वर्ष माथिका ३ खेलाडी राख्न पाउने प्रावधान अनुसार उनी टोलीको हिस्सा थिए । भलै सागको सफलता उमेर समूह हो । घरेलु मैदानमा स्वर्ण जित्न सफल भएका कारण त्यो बढी महत्व भएको सुजल मान्छन् । भूकम्पपछि दशरथ रंगशालामा पहिलो पटक खेल्ने अवसर पाएका थियौं’, उनले स्मरण गरे, ‘त्यसमा पनि हामी स्वर्ण जित्न सफल भयौं । यो मेरो जीवनको सबैभन्दा अविष्मरणीय क्षण थियो । ’

सोलिडारिटी कपको सफललाई पनि सुजलले ठूलो उपलब्धी मानेका छन् । तर स्वदेशमा आयोजना भएको सागसँग भावना जोडिएको छ । ‘सोलिडारिटी कप जित्न नेपालीका लागि महत्वपूर्ण हो । मेरा लागि पनि त्यत्तिकै महत्वपूर्ण छ’, उनले उत्साहित हुँदै भने, ‘तर घरेलु मैदानमा आफ्ना समर्थकबीच खेल्नु र जित्नको अर्कै आनन्द हुने रहेछ ।’

साग आयोजना नभएको भए दशरथ रंगशाला बन्नेमा भने सुजललाई शंका थियो । ‘बच्चामा रंगशालाबाट हिड्दा कहिले खेल्न पाइएला जस्तो हुन्थ्यो । पछि खेलियो पनि’, उनले स्मरण गरे, ‘भूकम्पपछि रंगशाला लामो समय बनेन । आफ्नो सन्यासपछि मात्र रंगशाला बन्न भन्ने लाग्न थालेको थियो । सागले गर्दा रंगशाला पूर्ननिर्माण भने । फेरि त्यहाँ खेल्न पाइयो । त्यसमाथि स्वर्ण जित्दा आनन्द शब्दमा बयान गर्न कठिन छ ।’

सागमा स्वर्ण पदक जितेपछि उनीसहित उनका बुबाआमालाई धनकुटा नगरपालिकाले नागरिक अभिनन्दन गरेको थियो । सोलिडारिटी कप जित्दा पनि धनकुटामा उनको राष्ट्रिय टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मानित भएका थिए । ‘यस्तो सम्मानले आफ्नो धनकुटाका सबै बासिन्दाहरु आफ्नो साथमा भएको महसुस गर्छु । जुन ठाउँबाट जन्मे, फुटबल सिकेर यो ठाउँसम्म आए त्यो ठाउँलाई चिनाउँदा खसी लाग्छ’, उनले भने, ‘आफ्नो ठाउँमा नै गएर सम्मान ग्रहण गर्न पाउनु ठूलो कुरा हो ।’

सोलिडारिटी कप अघि दुई महत्वपूर्ण सफलता सुजल टोलीमा थिएनन् । २०१६ मै बंगबन्धु गोल्ड कप र १२ औं सागमा स्वर्ण जित्दा उनी त्यसमा थिएनन् । आफ्नै गल्तिका कारण त्यो समय चोटमुक्त हुन नसकेको उनले सम्झिए । ‘चोट लागेको बेला हामीले धेरै विषयमा ध्यान दिनुपर्ने हुन्छ । मेहनत गर्यो भने फर्कन सकिन्छ’, उनले भने, ‘चोटको कारण मेरो साथी निराजन मल्ल र अन्य खेलाडीले फुटबल नै छाडे जस्तो भएको छ। नेपालमा रिहाबिलिटेसन सेन्टर नभएको कारण पनि खेलाडीलाई खेलमा फर्कन गाह्रो भएको लाग्छ । खेलाडी पनि सिरियस हुनुपर्दछ । अहिले सुरज भुसाल, आविष्कार पुडासैनी लगायत फिजियो आएपछि केहि सुधार भएको छ । ‘

फुटबल बाहेक आफुले अन्य विषयमा धेरै नसोचेको उल्लेख गर्दै सुजनले राष्ट्रिय टोलीबाट खेल्छु भन्ने सुरुवातका दिनमा नसोचे सुनाए । ‘फुटबलबाट मैले चाहे भन्दा धेरै कुरा पाएको जस्तो लाग्छ’, उनले अनुभव सुनाए, ‘मलाई जे दियो फुटबलले नै दियो। मलाई मात्र होइन परिवारलाई पनि फुटबलले चिनायो । फुटबलमा आबद्ध भएपछि अरु केही सोचिन ।’

एन्फाको आन्तरिक विवादका कारण बीचमा फुटबल गतिविधि लगभग ठप्प हुँदा साथीभाईहरुबाट विदेश जाने सल्लाह पनि आएको स्मरण गर्दै भने, ‘तर मलाई विदेशमै गएर बस्ने कहिल्यै सोच आएन । परिवारको पनि साथ छ । त्यसैले फुटबलको विकल्प सोचिन,’ उनले जोडे, ‘शरीरले साथ दिदा सम्म फुटबलमा सक्रिय हुने सुजलको योजना छ । अझै ४ ५ वर्ष खेल्छु जस्तो लाग्छ। राष्ट्रिय टोलीमा नपरेपनि क्लबबाट खेल्छु ।’

कोरना भाइरसका कारण विश्वका सबै गतिविधि जस्तै फुटबल गतिविधि स्थगित छ । नेपालमा चैतको १३ गते चाइनिज ताइपेइ र १८ गते अष्ट्रेलियासँगको विश्वकप छनोटको खेल स्थगित भएको थियो । नेपालले ती दुई खेलका लागि तयारी सुरु गरिसकसको थियो । तर, कोरानाका कारण स्थगित भएको थियो । विश्व कप छनोटमा नेपालले अहिले सम्म ५ खेल खेलिसकसको छ । जसमा ४ खेल गुमाएको छ भने १ खेलमा जित निकालेको थियो ।

‘विश्वकप छनोट हामीले सोचेजस्तो भएको छैन । अझै राम्रो गर्न सक्छौ भन्न्ने लाग्छ । हामी रगंशालामा खेल्न उत्साहित थियौं’ , उनले भने, ‘तर कोरोनाले गर्दा त्यो सम्भव भएन । यो समयमा रोक्नु ठि हो । धेरै राम्रो गर्ने भनेर सोचेका थियौं । अन्य टोलीले पनि घरेलु मैदानमा राम्रो गरिरहेका हुन्छ । अब हामीले ३ वटा म्याच यहाँ खेल्न बाँकी छ त्यसमा शत प्रतिशत दिन्छौ ।’

सुजललाई लाग्छ अहिले नयाँ खेलाडी धेरै आएका छैनन् । ‘हामी एन्फा एकेडेमीमा हुँदा माहोल नै अर्के थियो । अहिले फरक छ’ , उनको सुझाव छ, ‘एन्फा एकेडेमीकै उत्पादनको बाहुल्य राष्ट्रिय टोलीमा छ । एकेडेमी राम्रोसँग चलाउनु पर्छ । जिल्लाबाट पनि एन्फा एकेडेमीमा आउन सक्ने दायरालाई फराकिलो बनाइनुपर्दछ ।’

सागमा स्वर्ण पदक जितेपछि २ महिना पछि उनी सम्मिलित मछिन्द्र क्लबले पहिलो पटक सहिद स्मारक ए डिभिजन लिग जितेको थियो । सागका दौरान लागेको चोटले उनलाई लिगका सबै खेल खेल्ने अनुमति भने दिएन । ‘मैले चोटका कारण सबै खेल्न सकिन । तर टोलीले पहिलो पटक लिग जित्यो । त्यसमा खुसी छु’, उनले भने, ‘अलग अलग क्लबबाट गएर मछिन्द्र एउटा नयाँ टोली बनेको थियो । त्यसअर्थ हामी माथि दबाब पनि थियो । त्यो दबाबकाबीच सफलता प्राप्त गर्यो । उनले झन्डै ८ वर्षसम्म घरेलु फुटबलको सफल क्लबमध्येको एक मनाङ मस्र्याङ्दी क्लब छाडेर मछिन्द्र गएका थिए ।’

लिगमा त्रिभुवन आर्मी क्लबसँगको अन्तिम खेल जित्दा मात्र मछिन्द्रले लिग जित्ने अवस्था थियो । आर्मीलाई बराबरी गरे पुग्थ्यो । चाहे जस्तै नतिजा निकालेर मछिन्द्र च्याम्पियन बनेको थियो । उनले स्मरण गरे, ‘आर्मीसँग खेल्दा हामी दबाबमा थिएनौ । हामीलाई त जितको विकल्प थिएन । त्यो समयमा हामीले भन्दा आर्मीले बढी दबाब लिएर खेलेको जस्तो लाग्छ । उनीहरुले आफ्नो खेल खेल्न सकेनन् । हामीले त्यसको फाइदा उठायौं ।’

सुजलले चोट वा अन्य कारण बाहिर बस्न भने पीडादायक हुने अनुभव सुनाए ।’ खेलाडीलाई बाहिर बस्न गाह्रो हुन्छ, कतिबेला बल हानौं जस्तो हुन्छ, उनले थपे, खेलाडीमा त्यस्तो हुनु राम्रो पनि हो ।’

लामो समय बिताएको मनाङ छाड्दा भने नमिठो लागेको पनि उनले सुनाए । ‘खेल जीवनको महत्वपूर्ण समय विताएको क्लब छाड्दा दुःख त लाग्छ नै’ , उनले भने, ‘लिगमा टाइसिट हेर्ने बेलामा झुक्किएर पहिला मनाङको हेर्थे । पछि ए यो त हाम्रो हैन भन्ने हुन्थ्यो ।’

उनले मनाङलाई आफ्नो परिवारका रुपमा मानेको पनि बताए । उनले थपे, ‘अहिले त्यो क्लब छाडेपनि मेरो सम्बन्ध राम्रो नै छ। अझै धेरै खेल्न बाँकी छ । व्यवासायिक जीवनमा भने पछि मनाङ जान पनि सकिन्छ । मनाङ इतिहास भएको क्लब । पटक पटकको लिग विजेता । त्यहाँ खेल्दा दबाब पनि हुन्थ्यो ।’

दुई वर्षअघि लिग पुनः सन्चालन हुँदा विना रेलिगेसनको हुँदा राम्रो नदेखिएको सुजलको अनभुव छ । यसपटक रेलिगेसनसहितको लिग भएपनि दर्शकको कम उपस्थितिले भने निराश बनाएको सुनाए । ‘यसपटक दर्शकको उपस्थिति राम्रो भएन । रगंशाला नहँदा फुटबलको माहोल नै अर्कै थियो रगंशाला बनेपछि फरक छ । दर्शककको अगाडी खेल्दा छुट्टै माहोल हुन्छ’ , उनले सम्झिए, ‘दर्शकले तरकारीमा नुनको जस्तो काम गर्छनु । सुरुमा दर्शकको अगाडि खेल्दा केही गाह्रो हुन्थ्यो । आलोचना सुन्न गाह्रो हुन्थ्यो । अहिले त्यस्तो हुँदैन । आलोचना पनि हौसला मिल्छ ।’

कोराना भाइरसले विश्वलाई नसोचेको अवस्थामा पुर्याएको भन्दै सुजलले यो समय सबैलाई सचेत हुन र सरकारको निर्देशको पालना गर्न आग्रह गरे । उनले घरमा रहँदा पनि समयलाई सदुपयोग गर्न सल्लाह दिए ।

सुजलसँगको भिडियो अन्तर्वार्ता :

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

Success

Thank you for your time.