default_image

4 years ago

April 27, 2020

स्वदेशमै बसे सम्झौता रद्द हुनसक्ने

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन निकै कठिन परिस्थितिमा छन् । हाल अर्जेन्टिनामा रहेका उनी इटाली नफर्केको खण्डमा सम्झौता रद्द हुने सम्भावना रहेको छ । हिगुआइन कोरोनाको कहर सुरु हुनेबेला नै अर्जेन्टिना फर्केका थिए । तर अहिले उनी फर्कने वा नफर्कने भन्ने प्रष्ट नहुँदा युभेन्टसले उनको सम्झौता रद्द गर्ने सम्भावना पनि देखेको […]

49 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन निकै कठिन परिस्थितिमा छन् । हाल अर्जेन्टिनामा रहेका उनी इटाली नफर्केको खण्डमा सम्झौता रद्द हुने सम्भावना रहेको छ ।

हिगुआइन कोरोनाको कहर सुरु हुनेबेला नै अर्जेन्टिना फर्केका थिए । तर अहिले उनी फर्कने वा नफर्कने भन्ने प्रष्ट नहुँदा युभेन्टसले उनको सम्झौता रद्द गर्ने सम्भावना पनि देखेको छ । हिगुआइन आफ्नो आमा न्यान्सी जाकारियास बिरामी भएकाले उनी सँगै अर्जेन्टिनामा रहन चाहन्छन् ।

हिगुआइन क्लबसँग छलफल नगरी नै अर्जेन्टिनामै बसेका छन् । क्लबले पनि प्रशिक्षण सुरु नहुँदा कुनै समस्या नरहेको बताएको छ । तर अब केहि दिनमा नै इटालीमा क्लबहरुले प्रशिक्षण सुरु गर्ने तयारी गरिरहँदा हिगुआइनको अवस्था भने प्रष्ट हुन सकेको छैन ।

हिगुआइनसँग अब तीन विकल्प रहेको छ । एउटा सिजन समाप्त गर्न केहि समयको लागि इटाली फर्कने, अथवा युभेन्टससँग छलफल गरेर अर्जेन्टिनामै बस्ने वा क्लबसँग सम्पर्क नगरी अर्जेन्टिना बस्ने र सम्झौता रद्द भएको अवस्था निम्त्याउने । हिगुआइनलाई क्लबले यस सिजनको अन्तिममा बेच्ने तयारी गरेपनि उनको सम्झौता अर्को सिजन सकिँदैछ ।

हिगुआइन पछिल्लो एक महिनायता अर्जेन्टिनामै छन् । क्लबका दुई खेलाडीमा कोरोना देखिएपछि उनी स्वदेश फर्केका थिए । उनी फर्कने क्रममा प्रहरीले उनलाई रोकेपनि परिक्षण नेगेटिभ भएको प्रमाणपत्र देखाएपछि उनी व्यक्तिगत जहाजमा फर्केका थिए । युभेन्टसले उनलाई अर्जेन्टिना जान स्वीकृति दिएपनि हाल फर्कने विषयमा कुनै छलफल हुन सकेको छैन ।

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

April 30, 2024

गोदावरी मेयर कपमा कीर्तिपुरको सानदार जित

ललितपुर (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका गोदावरी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालाको मंगलबार भएको खेलमा तारकेश्वर नगरपालिकालाई ५–० ले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो । कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा […]

Success

Thank you for your time.