default_image

4 years ago

April 28, 2020

आर्सनलले प्रशिक्षण थाल्यो

40 views

0 Bookmark

एजेन्सी– इंग्लिस क्लब आर्सनल झन्डै डेढ महिनापछि प्रशिक्षणमा फर्किएको छ । यससँगै आर्सनल कोरोना संक्रमणपछि प्रशिक्षण थाल्ने प्रिमियर लिगको पहिलो टोली बनेको छ । 

महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिव डेढ महिनाअघि देखि खेलाडीहरु मैदान बाहिर रहेका थिए । महामारीका रुपमा रहेको कोरोनाको संक्रमणको उच्च जोखिम भएपछि प्रिमियर लिगसहित विश्वको खेलकुद गतिविधि नै ठप्प भएको थियो । तर, आर्सनलले सोमबारबाट प्रशिक्षण थालेको हो ।

यसका लागि क्लबले कोरोना भाइरस फैलिन नदिन बेलायती सरकारले लागू गरेको सबै खाले नियम भने पालना गर्नेछ । इंग्लिस प्रिमियर लिग क्लबले शनिबार जनाए अनुसार प्रशिक्षणका क्रममा मैदानमा खेलाडीले सामाजिक दूरीको नियम पूर्णतय पालन गर्नु पर्नेछ र पूर्ण अभ्यास मैदान अर्को सातादेखि उपलब्ध हुनेछ ।

खेलाडीले अभ्यास मैदानसम्म एक्लै जानु पर्नेछ र कोही साथी खेलाडीसँग मिलेर अभ्यास पनि गर्न पाउने छैनन् । आर्सनलले लण्डनस्थित कोल्न प्रशिक्षण मैदानमा खेलाडीले सात हप्तापछि बल खेल्न पाउने भएका छन । आर्सनलका प्रशिक्षक मिकेल आर्टेटालाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो । उनी अहिले पुर्ण रुपमा स्वस्थ भइसकेका छन् ।

प्रशिक्षणका बेला क्लबले एक पटकमा पाँच जना खेलाडीमात्र प्रशिक्षण गराउनेछ । उनीहरुलाई एक साताको प्रशिक्षण तालिका प्रशिक्षकले दिनेछन । कोल्नमा १० वटा प्रशिक्षण गर्न मिल्ने मैदान छन् । त्यसैले खेलाडीले फरक फरक मैदानमा प्रशिक्षण गर्नेछन् । जहाँ एक खेलाडीले एक बल मात्रै प्रयोग गर्नेछन् ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.