default_image

4 years ago

May 2, 2020

नेयमारलाई हालान्डको ‘धन्यवाद’

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लीङ हालान्डले पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड नेयमारलाई च्याम्पियन्स लिगका दौरान गरेको सेलिब्रेसनका लागि धन्यवाद दिएका छन् । च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेगको खेलमा नेयमारले गोल गरेपछि र खेल सकिएपछि ड्रेसिङ रुममा पनि हालान्डले गर्दै आएको ध्यान गर्ने सेलिब्रेसन गरेका थिए । […]

44 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लीङ हालान्डले पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड नेयमारलाई च्याम्पियन्स लिगका दौरान गरेको सेलिब्रेसनका लागि धन्यवाद दिएका छन् ।

च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेगको खेलमा नेयमारले गोल गरेपछि र खेल सकिएपछि ड्रेसिङ रुममा पनि हालान्डले गर्दै आएको ध्यान गर्ने सेलिब्रेसन गरेका थिए । त्यसबेला युवा फरवार्ड हालान्डलाई चिढाएको भन्दै सामाजिक संजालमा नेयमार र पिएसजीका खेलाडीको निकै आलोचना समेत भएको थियो । तर हालान्डले भने उक्त सेलिब्रेसन गरेकोमा धन्यवाद प्रकट गरे ।

‘ मलाई लाग्छ त्यो सेलिब्रेसनले विश्वमाझ ध्यान गर्नुको महत्त्व देखाएको छ । हामी खेलाडीले पनि नियमित ध्यान गर्दा मानसिक रुपमा सहयोग पुग्छ । मेरो लक्ष्य पनि यहि थियो र पिएसजीका खेलाडीले पनि त्यो सेलिब्रेसन गर्दै यसलाई सहयोग पुर्याएका छन् । मलाई सहयोग गरेकोमा धन्यवाद भन्न चाहन्छु,’ हालान्डले भने ।

हालान्डले कुराकानीकै क्रममा आफूले क्रिस्टियानो रोनाल्डोलाई आदर्श मान्दै करीअरमा अगाडी बढेको बताए । ‘ रोनाल्डोलाई हेर्दा नै लाग्छ उनी विशेष छन् । उनले आज गोल गर्छु भन्ने इख लिएर खेल्छन् र गोल गर्छन पनि,’ उनले भने, ‘ मलाई त्यहि विशेषता मनपर्छ । उनको लगाव र गोल गर्ने भोकले नै सफलता हासिल गर्न थप मदत पुग्छ ।’

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.