default_image

6 years ago

May 3, 2020

एन्फाले आर्थिक सहयोग गर्ने मापदण्ड के ?

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदमा अखिल नेपाल फुटबल संघ (एन्फा) श्रोत, साधन र चलायमानका हिसाबले सबैभन्दा क्रियाशील संघमा पर्दछ । तर, एन्फाका पदाधिकारी, सदस्यहरुको रवैया र काम गर्ने तरिका हेर्दा संस्था नियम भन्दा पनि भावनामा संस्था चलेको आभास हुन थालेको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नम्बाङले आइतबार आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘फेरिपनि समिक्षाको सम्पूर्ण उपचार खर्च एन्फाले व्यहोर्नु पर्छ भनेर एन्फा अध्यक्ष लगायत कार्यसमिति सबैमा हार्दिक अनुरोध गर्दछु ।’

एन्फा कार्यसमितिको वरियतामा दोस्रो स्थानमा रहेका पदाधिकारीले सामाजिक संजालमार्फत गरेको यो अनुरोधले एन्फाको पछिल्लो अवस्थालाई छताछुल्ल पारेको छ । जिम्मेवादर पदाधिकारीमा न त संस्थागत मर्यादाको ख्याल गरिएको देखिन्छ न त कुनै प्रक्रियालाई आत्मसात गरेको देखिन्छ ।

यो त एउटा उदाहरणमा मात्रै हो । पछिल्लो केहि समययता एन्फा पदाधिकारी वा सदस्यमध्ये कतिपयका लागि सामाजिक सञ्जाल आफ्नो असन्तुष्टी पोख्ने र फरक विचार राख्ने माध्यम बनेको छ । यसअघि पनि आफ्नै नेतृत्व र एन्फाविरुद्ध नै सामाजिक संजालमार्फत आफ्ना धारणा आउने गरेको छ ।

उदयपुरकी महिला फुटबल खेलाडीको आँखामा गम्भिर चोट लागेपछि एन्फाले गरेको आर्थिक सहयोगका विषयमा टिका टिप्पणी सुरु भएको छ । एन्फाले तत्कालका लागि भन्दै २५ हजार रुपैयाँ समिक्षाको परिवारलाई हस्तान्तरण गरिसकेको छ । विराटनगरमा आँखा उपचार गराइरहेकी समिक्षालाई राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडीलगायत केहि, क्लब र व्यक्तिगत रुपमा पनि सहयोग गरेका छन् ।

यहि बीचमा वरिष्ठ उपाध्यक्ष नेम्बाङले पोष्ट पनि आएको छ । उनको पोष्टमा एउटा प्रश्न खडा भएको छ उनले खेलाडीको उचारको विषय एन्फा कार्यसमितिको बैठकमा उठाउने हो वा यसरी नै समाजिक संजालबाट ? एन्फाको पछिल्लो आर्थिक सहयोगबाट पनि भन्न सकिन्छ आर्थिक सहयोगको कुनै मापदण्ड एन्फामा छैन ।

एन्फा प्रवक्ता किरण राईले पनि अहिले आर्थिक सहयोगको कुनै मापदण्ड नरहेको स्वीकार गरे । ‘आर्थिक सयहोगको अहिले कुनै मापदण्ड छैन,’ उनले भने, ‘जति पनि सहयोग भएको छ त्यो मानवीय आधारमा भइरहेको छ ।’

तर यसो भनिरहँदा विगतका नजिरलाई बिर्सन सकिन्न । यो त्यहि एन्फा हो जसले आफ्ना पदाधिकारी, सदस्य वा तीनका परिवारको उपचारका लागि लाखौं रुपैयाँसम्म खर्च दिएको छ । केहि महिनाअघि मात्र एन्फा महासचिव इन्द्रमान तुलाधर, प्रवक्ता किरण राई, अर्का केन्द्रिय सदस्य पूर्णमान चित्रकारको आमाको उपचारको सबै खर्च एन्फाले बेहोरेको छ । ‘अहिले कसलाई कत्ति सहयोग गरेको मलाई याद छैन’, प्रवक्ता राईले भने, ‘केन्द्रिय समितिले निर्णय गरेर सहयोग गरिएको हो ।’

चित्रकारको आमाको उपचारमा लागेको ५ लाख रुपैयाँ एन्फाले बेहोरेको बताइएको छ । एन्फा कार्यसमितिको बैठकमा उपचार खर्चका विषयमा कुनै छलफल नभएको तर पछि निर्णय पुस्तिकामा भने पदाधिकारी, सदस्य र सदस्यको परिवारलाई उपचार खर्च दिने उल्लेख गरिएको श्रोतले बताएको छ । एन्फाको स्वास्थ समितिका संयोजक समेत रहेका केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठले आफुले उपचारका लागि १ लाख २६ हजार रुपैयाँ पेश्कीका रुपमा लिएको र एन्फा कार्यसमितिबाट आफुलाई उपचार खर्च दिने कुनै निर्णय नभएको बताएका छन् ।

एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले भने आफ्नो समयमा पदाधिकारीलाई उपचार खर्चमा शतप्रतिशत नदिएको बताए । ‘राष्ट्रिय खेलाडीको हकमा सबै उपचार खर्च बेहोर्ने गरेका थियौं । अन्य खेलाडीको हकमा ४० प्रतिशत खर्च उपलब्ध गराएका थियौं,’ श्रेष्ठले भने, ‘पदाधिकारीहरुको त्यस्तो धेरै आएको मलाई सम्झना छैन । जति आएको थियो त्यसमा बढीमा ६० प्रतिशत सम्म खर्च बेहोरेको थियौं । तर, ती सबै समितिको सिफारिसमा कार्यसमितिले निर्णय गर्ने गरेका थियौं । ‘

अहिले एन्फामा आर्थिक सहयोगको कुनै मापदण्ड नभएको र सहयोग पाउने तरिका पनि फरक फरक भएकाले पहुचका आधारमा सहयोग हुने गरेको प्रष्ट भएको छ । गणेश थापा एन्फा अध्यक्ष रहँदा ४० लाख रुपैयाँको अक्षयकोष स्थापना भएको र त्यसको ब्याजबाट खेलाडीको उपचार गर्ने परम्परा थियो । अहिले पनि कत्तिपय खेलाडीले उपचार खर्च नपाएको गुनासो हुने गरेको छ । कुनै पनि संस्था नियमले भन्दा भावनाले चल्दा विवाद सृजना हुन स्वभाविक हो । अहिले एन्फामा त्यस्तै रवैया देखिएको छ।

आर्थिक सहयोग मात्र होइन, एन्फाको माध्यमबाट पाइने सुविधा र उपचारका सेवामा समेत प्रश्न उठाउने ठाउँ रहेको छ । एन्फा एकेडेमीमै हुर्केर उमेर समूहको राष्ट्रिय टोलीमा उच्च प्रदर्शन गर्ने खेलाडी चोट लागेपछि उपचारका लागि बारम्बार एन्फा धाउँदा एकेडेमीकै गोलरक्षक प्रशिक्षकलाई भने उपचारका लागि कतार पठाइएको थियो ।

यहाँसम्म की राष्ट्रिय टोलीका खेलाडी मैदानमा घाइते हुँदा विदेशमा क्लबको खर्चमा उपचार गराउन चाहन्थे । तर एन्फासमक्ष एक परिपत्र गरेर विदेशी संघबाट पाइने छुटका लागि पनि तत्कालिन एन्फाले आनाकानी गरेको बुझिएको छ । संघमा मापदण्ड र कार्यक्षेत्र निर्धारण उचित रुपमा नहुँदा पनि आफू निकट रहेका व्यक्ति र क्लबले सहज रुपमा सुविधा उपभोग गर्दै आएको देखिन्छ ।

विगत केहि दिनयता सामाजिक संजालमा एन्फालाई लक्षित गर्दै समिक्षालाई एन्फाले आवश्यक सहयोग नगरेको आरोप लाग्दै आएको छ । भावनामा बगेर एन्फालाई दोषारोपण गर्न एन्फासंग सम्बद्ध पूर्व पदाधिकारी मात्र होइन हाल जिम्मेवारी मै रहेका पदाधिकारी पनि देखिएका छन् । एन्फाले फुटबल खेल्ने जोकोहीको चासो लिन जायज छ, तर त्यसको लागि मापदण्ड तोक्नु आवश्यक छ ।

उपचार खर्चका बारेमा एन्फाको २०७६ माघ २६ गते गरेको निर्णय

-संघ अन्तर्गत रहेका पदाधिकारी, कर्मचारी, राष्ट्रिय टिमका महिला तथा पुरुष खेलाडीहरु र बिभिन्न उमेर
समुहका महिला तथा पुरुष खेलाडी, प्रशिक्षक, रेफ्रि लगाएत फुटबल संग सम्बन्धित व्यक्तिहरुलाई स्वाथ्य
उपचारको निम्ति आर्थिक सहयोग प्रदान गर्ने सम्बन्धमा स्वाथ्य समितिको संयोजक रत्न कुमार श्रेष्ठले क्राईटेरीया
बनाई सिधै लेखा शाखामा पेश गरी आर्थिक सहयोग उपलव्ध गराउने तथा आवश्यकता अनुसार अनुमोदन गर्दै
जाने निर्णय गरीयो । साथै बिगत संघका पदाधिकारी खेलाडी तथा कर्मचारीहरुलाई प्रदान गरी सकेको औषद्यि
उपचारको खर्चहरु सुवाष पुडासैनी रु.५०,०००।(पचास हजार रुपैया), सुष्मा महर्जन रु.२,२९,२६८।(दुई लाख
उनन्तीस हजार दुई सय अड्सठ्ठी रुपौया), नमस थापा मगर रु.४०,०००।(चालिस हजार रुपैया), अजित भण्डारी
रु.५०,०००।(पचास हजार रुपैया), किरण राई रु.७५,६४०।(पचहत्तर हजार छ सय चालिस रुपैया), पूर्णमान
चित्रकार रु.५,००,०००।(पांच लाख रुपैया) र इन्द्रमान तुलाधरको औषधि उपचार खर्च रु.२,२८,०७५।(दुई लाख
अठ्ठाईस हजार पहत्तर रुपैया) प्रदान गरीएकोमा यसै बैठकबाट अनुमोदन गरीयो । साथै खेलाडी योगेश गुरु ̈ र
सुनिल सुवेदीलाई पनि औषद्यि उपारका लागि निजहरुको सम्बन्धित उपचारको संलग्न बिल भपाई अनुसार ५०
प्रतिशतले हुन आउनेरकम उपलव्ध गराउने पनि यसै बैठकबाट अनुमोदन गरीयो ।

 

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.