default_image

4 years ago

May 11, 2020

एमबाप्पे नै मेस्सी र रोनाल्डोको उत्तराधिकारी

42 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनलका पुर्व प्रशिक्षक आर्सेन वेंगरले आधुनिक फुटबलका दुई हस्ती लियोनेल मेस्सी र रोनाल्डोको युगपछि फ्रेन्च फरवार्ड केलियन एमबाप्पे विश्वको उत्कृष्ट खेलाडी हुनेमा अग्रपङ्तिमा रहेको बताएका छन् । 

वेंगरले मेस्सी र रोनाल्डोको युगपछि एमबाप्पेको युग हुने समेत थपेका छन् । उनले इंग्ल्यान्डका केही युवा खेलाडीहरुले एमबाप्पेलाई पछ्याउन सक्ने बताएका छन् । झन्डै एक दशक मेस्सी र रोनाल्डोले एकछत्र राज गरेका छन् । पछिल्लो १२ वर्षको बालोन डिओरको ११ अवार्ड मेस्सी र रोनाल्डोले बाँडेका छन् ।

मेस्सीले ६ पटक तथा रोनाल्डोले ५ पटक जितेका छन् । एक संस्करणमा क्रोएसिया तथा स्पेनिस क्लब रियल म्याड्रिडका लुका मोड्रिचले जितेका थिए । पोर्चुगिज तथा इटालियन क्लब युभेन्टस स्टार रोनाल्डो र अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी करियरको उत्तरार्द्धमा छन् । रोनाल्डो ३५ तथा मेस्सी ३२ वर्ष पुगेका छन् ।

‘हामीले त्यस्ता खेलाडीहरु पहिले कहिल्यै देखेका थिएनौं । जुनकुनै अवस्थामा पनि यी खेलाडीहरु प्रभावशाली छन्,’ वेंगरले टकस्पोर्टससँग भने, ‘यि खेलाडी मेस्सी र रोनाल्डो आफ्नो खेल करियरको अन्त्यतिर छन् । तर, उनीहरुले आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । अब फुटबलमा नयाँ पुस्ताको आगमन भइसकेको छ । केही खेलाडीहरुले उत्कृष्ट हुने लक्षण देखाइसकेका छन् । मैले केही नामहरु छनोट गरेको छु । जसले अबको सिजनमा ख्याति कमाउन सक्दछन् ।’

मेरो नजरमा आउदो पुस्ता फ्रेन्च फरवार्ड एमबाप्पे हुन सक्छन् । नेयमारबारे पनि हामीलाई ज्ञान छ । इंग्ल्यान्डका केही युवा खेलाडीहरु पनि अबको पुस्तामा राम्रो छाप छोड्न सक्ने क्षमताका छन् । यी युवा खेलाडीले रसिया विश्वकप २०१८ मा राम्रो प्रदर्शन गरेका थिए । अर्काे वर्ष हुने युरो कपबाट पनि ति युवा खेलाडीलाई प्रमाणित गर्ने अवसर छ ।

‘यो अवस्थासम्म फ्रान्सका २१ वषीर्सय एमबाप्पे नै एक बलियो उत्तराधिकारीको रुपमा अघि देखिएका छन् । उनी गएको वर्षको बालोन डि ओरमा शीर्ष २१ भित्र अटाएका छन् । यो उनको लागि राम्रो संकेत हो,’ वेंगरले भने, ‘ ट्रेन्ट एलेक्सन्ज्यान्डर अर्नाेल्ड, जाडोन सान्चो र मार्कुस रासफोर्ड जस्ता खेलाडीहरु चम्किरहेका छन् । कोरोना महामारी पछि यि स्टारहरुको प्रदर्शनमा गिरावट आउने छैन । चम्कन सक्नेछन् ।’

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.