default_image

4 years ago

May 12, 2020

हालान्ड रियलको लागि तयार

एजेन्सी – नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार आर्लिङ ब्राउट हालान्डका पुर्व प्रशिक्षक अल्फ इंग्भ बर्नस्टनले हालान्ड स्पेनिस महारथी रियल म्याड्रिडका लागि खेल्ने तयार रहेको बताएका छन् ।  बर्नस्टनले हालान्डलाई बार्न एफकेमा प्रशिक्षण दिएका थिए । जहाँ हालान्डले आफ्नो फुटबल कला सिकेका थिए । बर्नस्टनले अब यि फरवार्ड ठुला क्लबबाट खेल्न सक्ने भएको […]

43 views

0 Bookmark

एजेन्सी – नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार आर्लिङ ब्राउट हालान्डका पुर्व प्रशिक्षक अल्फ इंग्भ बर्नस्टनले हालान्ड स्पेनिस महारथी रियल म्याड्रिडका लागि खेल्ने तयार रहेको बताएका छन् । 

बर्नस्टनले हालान्डलाई बार्न एफकेमा प्रशिक्षण दिएका थिए । जहाँ हालान्डले आफ्नो फुटबल कला सिकेका थिए । बर्नस्टनले अब यि फरवार्ड ठुला क्लबबाट खेल्न सक्ने भएको विश्वास गर्दै उनी स्पेनिस क्लब रियल म्याड्रिडमा खेल्न तयार रहेको बताएका छन् ।

‘यदि म विश्वको सर्वश्रेष्ठ कुनै पाँच क्लबमध्ये एकको प्रशिक्षक भएको भए हालान्डलाई तुरुन्त हस्ताक्षर गर्ने थिएँ ,’ बर्नस्टनले भने, ‘मलाई लाग्छ हालान्ड रियल म्याड्रिडका लागि खेल्न तयार छ । मलाई लाग्छ उनी रियलमा सफल हुन सक्छन् ।’

‘अर्लिङ मात्रै १९ वर्षका छन् । उनले अझै आफ्नो खेलका सबै पक्षमा थप निखारता ल्याउन सक्दछ । यि स्टारलाई अनुबन्ध गर्न नसक्ने क्लबहरु पछुताउनेछन्,’ बर्नस्टनले थपे ।

हालान्डलाई अनुबन्ध गर्न रियल म्याड्रिडले ७५ मिलियन पाउन्ड खर्च गर्ने योजना बनाइरहेको छ । हालान्डको रिलिज क्लज ६५ मिलियन पाउन्ड छ । तर, २०२२ सम्म उनको मूल्य यतिमा मात्रै सीमित हुने छैन । हालान्डलाई रियलमा करिम बेन्जेमाको उत्तराधिकारीको रुपमा हेरिएपनि उनीहरुले सँगै खेल्ने सक्ने प्रशिक्षक बर्नस्टनले बताएका छन् ।

‘अर्लिङ शारीरिक रुपमा बलियो र निकै छरिता छन् । उनीसँग टेक्निक र उच्च मानसिकता पनि छ । उनी आफ्नो क्षेत्रमा निकै चतुर छन् । उनले धेरै गोल गर्नुका साथै गोलका लागि उत्तिकै सहयोग दिन सक्नेछन्,’ बर्नस्टनले भने, ‘त्यसैले मलाई लाग्छ कि हालान्डले बेन्जेमासँगै अन्य स्ट्राइक र आफु एक्लै पनि खेल्न सक्छन् ।’

१९ वर्षीय हालान्ड गत जनवरीमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट डर्टमन्ड पुगेका थिए । डर्टमन्डमा सनसनीपुर्ण प्रदर्शन गरिरहेका हालान्डले कोरोना भाइरसका कारण विश्व खेलकुद गतिविधि स्थगित हुनुअघि ११ खेलमा १२ गोल गरिसकेका छन् । गोल मेसिनको रुपमा अघि बढिरहेको हालान्डले यो सिजन उनले ३३ खेलमा ४० गोल गरेका छन् । जसमा १० गोल च्याम्पियन्स लिगमा मात्रै रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.