default_image

4 years ago

May 13, 2020

रोनाल्डिन्हो युनाइटेडलाई नकार्दै बार्सिलोना गएको खुलासा

60 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन मिडफिल्डर रोनाल्डिन्होले बार्सिलोना रोज्नुअघि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्न मौखिक सम्झौता गरेपनि अन्तिम समयमा बार्सिलोना गएको इंग्ल्यान्डका राष्ट्रिय टोलीका पूर्व खेलाडी पल स्कोल्सले बताएका छन् ।

सन् २००२ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि रोनाल्डिन्होलाई अनुबन्ध गर्न युरोपका ठूला क्लबहरु लागेका थिए । युनाइटेडले रोनाल्डिन्होसँग छलफल गरेर मौखिक सम्झौता गरिसकेको थियो । उनले कुन नम्बर जर्सी लगाउने समेत निधो भइसकेको थियो । तर अन्तिम समयमा उनले बार्सिलोना जाने निर्णय गरे ।

त्यसबेला पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका रोनाल्डिन्होलाई भित्र्याउन प्रशिक्षक सर एलेक्स फर्गुसन आफैं लागेका थिए । तर अन्तिम समयमा रोनाल्डिन्होले धोका दिँदा फर्गुसन निकै निराश भए । मिडफिल्डर स्कोल्सले पनि रोनाल्डिन्होसँग एकै टोलीमा खेल्ने धोको पूरा नहुँदा निकै नराम्रो लागेको बताए ।

‘ त्यसबेला २-३ जना खेलाडी क्लबमा आउने चर्चा चलेको थियो । रोनाल्डिन्हो आउने पक्काजस्तै भएपछि म मिडफिल्डमा उनीसँग खेल्न उत्साहित थिएँ । प्रशिक्षक फर्गुसनले पनि उनी टोलीमा आउने बताएपछि उनी आउने अपेक्षा थियो, तर उनले अन्तिम समयमा बार्सिलोना रोजे,’ स्कोल्सले सुनाए ।

‘ उनको युनाइटेडमा औपचारिक घोषणा हुन मात्र बाँकी थियो । यहाँसम्म की जर्सी नम्बर समेत छिनोफानो भएको अवस्था थियो । तर अन्तिम समयमा उनले बार्सा रोजे,’ स्कोल्सले स्मरण गरे, ‘ केहि दिनपछि नै हाम्रो बार्सिलोनासँग मैत्रीपूर्ण खेल थियो । उक्त खेलमा हाम्रा टोलीका खेलाडीले उनलाई फल हान्न पनि खोजे । उनले देखाएको आशा निराशामा जो बदलिएको थियो ।’

रोनाल्डिन्होले बार्सिलोनामा ५ वर्ष खेल्दै निकै सफल समय व्यतित गरे । उनले २ सय ७ खेल खेल्दै ९४ गोल गरे । यसक्रममा दुई लिग उपाधि र च्याम्पियन्स लिग जित्न पनि उनी सफल रहे । उनी दुई पटक फिफाको वर्ष उत्कृष्ट खेलाडी पनि बने ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.