default_image

4 years ago

May 14, 2020

सुदूरपश्चिमका विजेता खेलाडीले पाएनन् पुरस्कार रकम

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा २०७५ साल चैत्रमा सम्पन्न मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता च्याम्पियन टोली सुदूरपश्चिम प्रदेशका खेलाडीले अझै पुरस्कार रकम पाएका छैनन् ।

उक्त प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश ३ स्वर्ण, १ रजत र ३ कास्य सहित च्याम्पियन बन्दा प्रदेश नम्बर १ दोस्रो र प्रदेश नम्बर ५ तेस्रो भएका थिए । च्याम्पियन टोलीले १५ लाख, दोस्रो हुने टोलीले ८ लाख र तेस्रो हुने टोलीले ५ लाख प्राप्त गर्ने जनाईएको थियो । प्रदेश १ र प्रदेश ५ ले पुरस्कार राशी पाइसकेका छन् । तर च्याम्पियन आयोजक सुदूरपश्चिमका खेलाडीले अहिले सम्म पुरस्कार रकम पाएका छैनन् ।

पुरस्कार पाउने आशा मर्न थालेपछि खेलाडीले सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका छन् । महिला क्रिकेट खेलाडी कविता जोशीले सुदुरपश्चिमबाट सहभागिता जनाएकी थिन् । सुदूरपश्चिम महिला क्रिकेट टोलीले प्रदेश १ लाई हराउँदै उपाधि जितेको थियो । जोशीले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्, ‘मुख्यमन्त्री कपको पैसा खाईसक्या हो की केहि आशा बाँकी राखौं ? एकवर्ष पुरा भईसक्दा पनि रकम नपाउँदाको पिडा खेलाडीले मात्र बुभ्छन् ।’

उनले अर्को स्टाटस लेखेकी छिन्, ‘विजेतालाई पुरस्कार दिन नसक्ने भए किन प्रतियोगिता गराएको मुख्यमन्त्री ज्यु ? कि आफैं खानलाई बाहना बनाएको ? ‘

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव हरि प्रसाद लम्सालले यस बारे आफुलाई राम्रोसँग जानकारी नभएको र सम्बन्धित निकायसँग कुरा गरेर पहल गर्ने बताए । क्षेत्रिय खेलकुद विकास समितीको खातामा उक्त पुरस्कार रकम रहेको महासाखा प्रमुख पदमराज जोशीले हाम्रो खेलकुदलाई जानकारी दिए ।

‘नगद पाउने पुरस्कार उनीहरुले पाई सकेका छन् । १० हजारको कर काटेर साढे सात हजार दिएका छौं । १५ लाख भने पाएका छैनन् । त्यो १५ लाख खेलाडी कल्याणकारी कोष कार्यविधी बनाएर कानुन मन्त्रालय र अर्थ मन्त्रालयमा पठाई सकेका छौं । उताबाट रायआएपछि कार्यविधी अनुसार अघि बढ्ने छौं’, जोशीले हाम्रो खेलकुदसँग भने ।

सुरुमा प्रतियोगिता हुँदा उक्त पुरस्कार खेलाडीले पाउने भन्ने थियो । अहिले कल्याणकारी कोषमा जम्मा गर्ने भन्ने बारे जिज्ञासा राख्दा उनले भने, ‘खेलाडीले पाउने भन्ने कुरा थियो । म वैशाखमा आउँदा खेलकुद सम्पन्न भई सकेको थियो । त्यो पैसा अहिले क्षेत्रीय खेलकुद विकास समितीको खातामा छ । खेलाडी कल्याणकारी कोष बनाउँदै छौं । त्यस कोषमा राख्ने सहमती भएको छ ।’

‘२ सय खेलाडीमम बाँड्यो भने १५ लाख को २५ प्रतिशत कर काटेर ११ लाख जति हुन आउँछ । त्यसले के हुन्छ र? सामाजिक विकास मन्त्रालयले ३० लाख छुट्याएको छ र त्यो कर काटेर ११ लाख जति आउन पुग्दा यो वर्ष कुल ४१ लाखको खेलाडी कल्याणकारी कोष स्थापना गर्ने छौं । आगमी वर्ष ५० लाख छुट्याएर झण्डैं एक करोडको कोष बनाउने छौं र त्यसको ब्याजबाट सबै खेलाडीहरुलाई आपद विपद पर्दा मन्त्रालयले सहयोग गर्ने छौं’, उनले भने ।

सुदुरपश्चिम प्रदेशलाई महिला क्रिकेट तर्फको उपाधि जिताउँदाकी कप्तान जानकी भट्टले त्यति बेलमा खेल्नेक्रममा उपाधि जिते १-१ लाख पुरस्कार दिने वाचा गरिएको बताउँछिन् । ‘तिमीहरुले जित्यौ भने प्रत्येक खेलाडीलाई १–१ एक लाख हातमै दिन्छौं भन्ने आश्वासन दिएका थिए । त्यो १५ लाखमा अपुग रकम थपेर दिन्छौं भनेकाले हामीले पाउँछौं भन्ने सोचका साथ खेल्यौं । सबैको मन त हो नी यति पैसा पाए त घरका पनि खुसि हुन्छन् होला भन्ने सोचले झनैं उत्साहित हुँदै खेलियो,’ उनले भनिन् ।

‘पछि दुई दिनपछि साढे ७ हजार मात्र दिएर पठाए । जुन कर काटेर दिएका रहेछन् । मैले खेल्न लागेको ११ वर्षमा पहिलो पटक उपाधि रकममा कर काटेर पाएको हुँ,’ त्यसैमा जानकीले थपिन्,’ खेलाडीले जितेपछि कोष बन्छ भने खेलाडीले पाउने के ? खेल किन खेल्ने ?’

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.