default_image

4 years ago

May 14, 2020

मार्टिनेज बार्सिलोना बाहेक अन्य क्लब नजाने

एजेन्सी – अर्जेन्टिना तथा इटालियन क्लब इन्टर मिलानका स्टार फरवार्ड लोउटारो मार्टिनेजले क्लबसँग आउदो समरमा बार्सिलोना बाहेक अन्य क्लबको प्रस्ताव नल्याउन आग्रह गरेका छन् ।  २२ वर्षे फरवार्ड क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध नजिक रहँदा इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पीएसजीले पनि चासो देखाइरहेको छ । तर, मार्टिनेजले म्यानचेस्टर सिटी र पीएसजीको प्रस्तावमा कुनै […]

39 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना तथा इटालियन क्लब इन्टर मिलानका स्टार फरवार्ड लोउटारो मार्टिनेजले क्लबसँग आउदो समरमा बार्सिलोना बाहेक अन्य क्लबको प्रस्ताव नल्याउन आग्रह गरेका छन् । 

२२ वर्षे फरवार्ड क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध नजिक रहँदा इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पीएसजीले पनि चासो देखाइरहेको छ । तर, मार्टिनेजले म्यानचेस्टर सिटी र पीएसजीको प्रस्तावमा कुनै विचार नगर्न क्लबलाई आग्रह गरेका हुन् । मार्टिनेजले सानसिरोमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

मार्टिनेजले आफ्नो राष्ट्रका सहयात्री लियोनेल मेस्सीसँगै बार्सिलोनामा खेल्ने ठुलो चाहना राखेका छन् । सोही अनुरुप बार्सिलोनाले पनि मार्टिनेजलाई अनुबन्ध गर्न कसरत गरिरहेका छन् । बार्सिलोना र इन्टर मिलान अहिले मार्टिनेजको सम्झौता मुल्य मिलाउन आन्तरिक तयारी गरिरहेका छन् । मार्टिनेजको रिलिज क्लज ९७ मिलियन पाउन्ड रहेको छ । इन्टर मिलान सोही मुल्यमा अडिग रहेको बुझिएको छ ।

पछिल्लो घटनाक्रम अनुसार बार्सिलोनाले इन्टर मिलानलाई दुई खेलाडी र ६० मिलियन पाउन्डको प्रस्ताव गर्ने तयारी गरेको छ । यसमा दुवै क्लब सहमति नजिक पुगिसकिएको बताइएको छ । जसमा आर्टुरो भिडालसँगै नेल्सन सेमिडो र इमर्सनमध्ये एक खेलाडी बार्सिलोनाले इन्टर मिलान पठाउने छ । बार्सिलोनाले विकल्पमा एन्टोइन ग्रिजमनसँग साटफेर गर्न सक्ने सम्भावना पनि छ ।

मार्टिनेजलाई बार्सिलोनामा उत्कृष्ट प्रदर्शन गरिरहेका उरुग्वेका लुइस सुआरेजको विकल्पमा हेरिएको छ । बार्सिलोनाले मार्टिनेजलाई लामो समयको लागि सम्झौता गर्नेछन् । सुआरेज अमेरिकी मेजर लिग सकर (एमएलएस) जाने चर्चा छ । कोरोना भाइरस (कोभिड–१९) को महाहमारीका कारण आर्थिक संकट सामना गरिरहेपनि बार्सिलोना मार्टिनेजलाई जसरी पनि अनुबन्ध गर्ने योजना बनाएको थियो । मार्टिनेजको विषयमा सहमति नजिक पुगेको बार्सिलोनाको अर्काे योजना आफ्ना पुर्व ब्राजिली स्टार नेयमारलाई क्लबमा फर्काउने रहेको छ ।

मार्टिनेजले यो सिजन इन्टर मिलानका लागि ३१ खेलमा १६ गोल गरेका छन् । जसमा ६ च्याम्पियन्स लिगमा ५ गोल रहेको छ । मार्टिनेज २०१८ मा २० मिलियन पाउन्डमा अर्जेन्टिनी क्लब रेसिङबाट इन्टर मिलान पुगेको थिए । उनको सम्झौता २०२३ जुनसम्म रहेको छ । तर, मार्टिनेजले इन्टर मिलानमा सम्झौता तोड्दै बार्सिलोना जाने मनासयमा छन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.