default_image

6 years ago

May 18, 2020

पूर्व खेलाडी रञ्जितको तेस्रो टेष्ट ‘नेगेटिभ’

254 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइसको संक्रमणबाट मुक्त भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले आइतबार तेस्रो टेष्ट नेगेटिभ आएको हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । उनी सेल्फ आइसोलेसनमा बसेका छन् ।

झन्डै १० दिन अघि कोरोना पोजेटिभ देखिएपछि उनलाई कम्पनीले नै आइसोलेसनमा राखेको थियो । रञ्जितका अनुसार दोस्रो टेष्ट पनि पोजेटिभ नै आएको थियो । ‘दोस्रो रिपोर्टप पनि पोजेटिभ आएपछि फेरि टेष्ट गरेको थियो,’ उनले भने,’ दुबई हेल्थ अथोरिटीबाट हिजो नेगेटिभ भनेर म्यासेज आएको छ ।’

रञ्जितका अनुसार उनको अर्को टेष्ट पनि गरिएको छ, त्यसको रिपोर्ट आएपछि उनी आफ्नो नियमित बस्ने ठाँउ फर्केछन् । अहिलेको कोरोना भाइसका कारण केहि पाठ पनि मिलेको रञ्जितले सुनाए ।

‘पाठ जस्तो भएको छ । अलिक माइन्ड फ्रेस पनि भयो । आफ्नो स्वास्थाको बारे थाहा भयो,उनले भने, तातो पानी कति महत्वपूर्ण हुन्छ भन्ने यो पटक झन बुझे । ब्यालेन्स डाइट । टाइमिङको ख्याल भयो । एक दुई दिन अलि कमजोर जस्तो अनुभव गरे । अरु सामान्य रह्यो ।’

उनी दुबईमा फेडक्सको एरपोर्ट अफिसमा काम गर्दै आएका छन् । कम्पनीले काममा बोलाइनसकेको उल्लेख गरेका रञ्जितले अब केहि दिनमा सल्लाह गरेर फर्कने सोच रहेको बताए । ‘अब अर्को रिपोर्ट आएपछि कम्पनीलाई जानकारी दिन्छु ,’ उनले थपे, ‘त्यसपछि सायद मेरो ड्यूटी टाइम थाहा हुन सक्छ । ‘

रञ्जित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी हुन् । सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा रहेका रञ्जित राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासका समकालिन हुन् । फ्रेन्ड्स क्लब र एनआरटीबाट व्यवासयिक फुटबल खेलेका रञ्जित नेपाली यू १६ का पूर्व कप्तान हुन् । उनको भाई रुपक श्रेष्ठ पनि सोही व्याचका खेलाडी हुन् । रञ्जित केहि वर्ष दक्षिण कोरियामा पनि बसेका थिए ।

रञ्जितको भिडियो सन्देश :

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.