6 years ago
May 20, 2020
एजेन्सी – कीर्तिमानी रकममा यसै सिजनको सुरुवातमा एटलेटिको म्याड्रिड पुगेका पोर्चुगलका युवा फरवार्ड जोआओ फेलिक्सले आफूभन्दा भाइ ह्युगो फेलिक्स विशेष खेलाडी रहेको बताएका छन् ।

पोर्चुगलको बेन्फिकाबाट १ सय २६ मिलियन युरोमा म्याड्रिड आएका जोआओले गत सिजन पोर्चुगिज लिगको उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । २० वर्षका जोआओले पोर्चुगलको राष्ट्रिय टोलीबाट समेत नियमित खेल्दै आएका छन् । तर उनी आफैं भने उनको १६ वर्षीय भाइ ह्युगो फेलिक्स आफूभन्दा विशेष प्रतिभा रहेको दावी गर्छन् । ह्युगो हाल बेन्फिकाको एकेडेमीमा प्रशिक्षणरत छन् ।
‘यदि ह्युगोले उनलाई सहयोग गर्न चाहनेहरुलाई राम्रोसँग सुन्छन् भने उनी सफल हुनेछन्,’ जोआओले बीटिभीलाई भने, ‘ उनी अहिले जे गर्छन् म त्यो उमेरमा गर्न सक्दिनथिएँ । उनको अहिलेको स्तरले नै उनलाई सिनियर टिममा खेल्न सक्छन् । उनले जति मिहिनेत गर्छन्, उमेरको हिसाबले त्यो धेरै हो’
‘हामी दुवैलाई गोल गर्न मनपर्छ । उनले मभन्दा राम्रो फ्रिकिक प्रहार गर्छन् । पेनाल्टीमा म राम्रो छु । हामी लगभग उस्तै पोजिसनमा खेल्न रुचाउँछौं,’ जोआओले थपे, ‘ फुटबलमा तपाईंले सरल खेल्नुपर्छ तर हामी केहि फरक गर्न खोज्छौं जसले समर्थकलाई उत्साह दिन्छ । हाम्रो खेल्ने शैलीमा समानता भने छ ।’

जोआओ र एटलेटिको म्याड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ । लिभरपुललाई अतिरिक्त समयमा हराउँदै अर्को चरण पुगेपछि आशा पनि बढेको छ । फेलिक्स आफू भने च्याम्पियन्स लिग जित्नका लागि मिहिनेतसँगै भाग्यको पनि महत्त्व रहने बताउँछन् ।
‘ च्याम्पियन्स लिग जित्न भाग्यको साथ पनि हुनुपर्छ । यदि हामीले जित्यौं भने करीअर र जीवनमा नै राम्रो क्षण हुनेछ,’ उनले भने, ‘ मैले फुटबल खेल्न थालेदेखि नै च्याम्पियन्स लिग जित्ने सपना देखेको छु । हामीले जित्यौं भने त्यो मेरो लागि जिन्दगिकै सबैभन्दा खुसीको दिन हुनेछ ।’
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]