default_image

6 years ago

May 22, 2020

‘बाटिस्टुटा भन्दा लौटारोमा धेरै क्षमता छ’

241 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय टोली तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेज अर्जेन्टिनाका दिग्गज फरवार्ड ग्याब्रिएल बाटिस्टुटा भन्दा बढी क्षमतावान रहेको अर्जेन्टिनी यू२० टोलीका प्रशिक्षक फर्नान्डो बाटिस्टाले बताएका छन् ।

सन् १९९० को दशकमा विश्व फुटबलमा नै चर्चा कमाउन सफल फरवार्ड बाटिस्टुटाले अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए २२ वर्षीय लौटारोले पनि झट्ट हेर्दा बाटिस्टुटाकै झल्को दिने गरेको प्रशिक्षक फर्नान्डोले बताए उनको अनुसार लौटारो तुलनात्मक रुपमा बाटिस्टुटा भन्दा पनि उत्कृष्ट हुने क्षमता राख्छन्

‘लौटारो झट्ट हेर्दा बाटिस्टुटा जस्तै खेल्ने गर्छन् बलमा हुँदाको शैली, कुद्ने गति, हेडर गर्ने क्षमता र शारीरिक शक्ति सबै समान छन् तर प्राविधिक रुपमा लौटारो बाटिस्टुटा भन्दा पनि राम्रो देखिन्छन् उनी बल साथमा हुँदा पनि बढी बलिया छन्

लौटारो पछिल्लो समय क्याटलान क्लब बार्सिलोनामा जाने चर्चा चलिरहेको छ । प्रशिक्षक फर्नान्डोका अनुसार लौटारोलाई स्पेनिस लिगमा खेल्न कुनै कठिनाइ हुने छैन । सामान्यतया स्पेनिस लिगमा डिफेन्डरले इटालीको तुलनमा कम मार्क गरेर खेल्छन् । तर फर्नान्डोका अनुसार यसले लौटारोलाई फरक पर्दैन ।

‘उनलाई इटालीमा भन्दा स्पेनमा खेल्न सहज हुन्छ इटालीमा डिफेन्सले धेरै खेल्ने ठाउँ दिदैनन्, निकै रक्षात्मक रणनीतिमा खेल हुन्छ स्पेनमा भने इटालीको तुलनमा बढी समय पाइन्छ,’ उनले भने

‘रोनाल्डोले इटालीको तुलनामा स्पेनमा बढी गोल गरेको कारण पनि त्यहि हो इटालीमा रक्षात्मक रुपमा रणनीति बलियो हुन्छ र आक्रमणमा खेलाडीलाई खेल्न कठिन हुन्छ । लौटारो स्पेनमा आएर बार्सिलोना र रियल म्याड्रिडजस्ता टोलीमा सेट हुन समय लाग्दैन,’ फर्नान्डोले थपे ।

लौटारोले जारि सिजन ३२ खेल खेल्दै १६ गोल र ४ असिस्ट प्रदान गरेका छन् इटालियन लिग सुचारु हुने नहुने दुविधामा रहँदा क्लबले सानो समूहमा प्रशिक्षण भने सुरु गरिसकेको छ

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.