default_image

6 years ago

May 22, 2020

एन्फाद्वारा ए डिभिजन लिगको तथ्यांक सार्वजनिक

130 views

0 Bookmark

एजेन्सी – अखिल नेपाल फुटबल संघ (एन्फा) ले गतवर्ष सम्पन्न कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको तथ्यांक सम्मिलित किताब शुक्रबार सार्वजनिक गरेको छ ।

लिग समाप्त भएको झन्डै साढे ३ महिनापछि एन्फाले तथ्यांकसहितको किताब सार्वजनिक गरेको हो । लिगका सम्पूर्ण तथ्यांक एन्फाको वेबसाइटमा उपलब्ध रहेको अवस्थामा एन्फाले भने यस कार्यलाई ‘ऐतिहासिक’ भनेर दावी गरेको छ । किताबमा लिगमा हरेक क्लबका खेलाडीको विवरण खेल संख्या लगायत विवरण रहेको छ ।

एन्फा उपाध्यक्ष तथा प्राविधिक समितका सदस्य उपेन्द्रमान सिंहले यस पुस्तकले लिगको विस्तृत विवरण लिन सहज हुने बताए । लिग समितिका संयोजक विज्ञानराज शर्माले लिगका हरेक तथ्य समेटिएको यस पुस्तक इतिहासका रुपमा रहने बताए ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले एन्फाले पछिल्लो सिजनभन्दा राम्रो संचालन भएपनि अझै परिस्कृत गर्दै लग्नुपर्नेमा जोड दिए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले यस पुस्तकले खेलाडी र खेलबारे जानकारी राख्न सहज हुने बताए ।

एन्फाले सार्वजनिक गरेको तथ्यांक सम्मिलित पुस्तकमा निकै तथ्यपरक गल्ति रहेका छन् । पहिलो प्रयास भएका हुनाले गल्ति सुधार्न आउने दिनमा तत्पर रहेको एन्फाले जनाएको छ ।

लिगको तथ्यांक सम्मिलित पुस्तक यहाँ थिचेर डाउनलोड गर्नुहोस

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.