default_image

6 years ago

May 22, 2020

दशरथ रंगशाला क्वारेन्टिनलाई नदिन आग्रह

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दशरथ रंगशालाको मैदानलाई क्वारेन्टिनका लागि नदिन राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग आग्रह गरेका छन् ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण खतरा न्युनिकरणका लागि दशरथ रंगशालाको मैदानमा क्वारेन्टिन बनाउने चर्चा चलेपछि अध्यक्ष शेर्पाले त्यसलाई नराम्रो खबर भनेका छन् । ‘दशरथ रंगशालामा छिर्दै गर्दा एउटा नराम्रो खबर सुने । हामीले रंगशालाको मैदानलाई लकडाउनमा पनि मर्मत सम्भार गरिरहेका छौं । अन्तर्राष्ट्रिय स्तरको रंगशालामा बनाउने हो भने क्वारेन्टिन बनाउन नदिनका लागि सदस्यसचिवले प्रयास गर्ने विश्वास गरेका छौं,’ अध्यक्ष शेर्पाले शुक्रबार रंगशालामा ‘ए’ डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा भने ।

‘यदि क्वारेन्टिइन राखेको खण्डमा हप्ता दश दिन भित्रै घाँस उक्किन्छ । मैदान बनाउन फेरि जिरोबाट सुरु गर्नुपर्ने हुन्छ । त्यसैले सदस्य सचिवसमक्ष कम्तीमा मैदानमा क्वारेन्टिन नराखेर अन्य स्थानमा राख्न अनुरोध गर्दछु ।’

यस्तै अध्यक्ष शेर्पाले मैदानको विकल्प दिन एन्फा तयार रहेको बताउदै क्वारेन्टिनको लागि स्कुल कलेजलाई अनुरोध गर्न सकिने बताए । यसअघि एन्फाले रौतहटको महिला फुटबल एकेडिमी र बुटवलको एन्फा टेक्निकल सेन्टर भने क्वारेन्टिनका लागि उपलब्ध गराएको थियो ।

२०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नेपालको अन्तर्राष्ट्रिय रंगशाला गत मंसिरमा भएको १३औं सागका लागि पुनर्निर्माण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले दशरथ रंगशालामा क्वारेन्टिन बनाउने विषयमा केही नबोलेपनि उनले रंगशालालाई क्वारेन्टिनमा प्रयोग गर्न नहुनेप्रति संकेत गरे ।

कोरोना कहर शुरु हुनुअघि एन्फाले ३ फागुनपछि विश्वकप छनोटका दुई खेलका लागि दशरथ रंगशालाको मैदानको मर्मत थालेको थियो । रंगशालामा विश्वकप छनोट अन्तर्गत अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनविरुद्धका खेल तय भएपनि कोरोनाका कारण अनिश्चित कालका लागि स्थगित भइसकेका छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.