6 years ago
May 22, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
डेढ दशक भन्दा लामो समयदेखि मैदानमा सक्रिय राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको अब अभिनय पनि हेर्ने पाइने भएको छ । फरवार्ड अनिलकै जीवनमा आधारिक फिल्म यो वर्ष प्रदर्शन गर्ने तयारी भइरहेको छ । यस्तै उनको आत्मकथा पनि यहि वर्ष सार्वजनिक हुने बताइएको छ ।

भकुन्डो नामक चलचित्रमा अनिलले अभिनय गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट झन्डै दुई वर्षअघि सन्यास लिएका अनिलले एक दशक भन्दा लामो समय राष्ट्रिय टोलीबाट खेलेका थिए । उनी कप्तान हुँदा सन् २०१६ मा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो ।
शिव पुरी निर्देशन र सुन्दर थापा निर्माता रहेको फिल्मको ८० प्रतिशत शुटिङ सकिएको अनिलले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए ।
अनिलका अनुसार फिल्ममा ८० प्रतिशत उनकै खेल जीवन, व्यक्तिगत कथा र २० प्रतिशत नेपाली फुटबलका विषयमा रहेको छ । समय मिलाउन कठिन हुँदा हुँदै त्यहि बीचमा फिल्मको धेरै भाग सुटिङ सकिएको अनिलले स्मरण गरे । ‘मेरो कहिले गेम, कहिले प्रशिक्षणले गर्दा समय मिलाउन कठिन भयो,’ उनले सम्झे, ‘त्यसका बीचमा पनि हामीले धेरै काम सेकेका छौं ।’
निर्देशक र निर्माता टोलीको सल्लाह पछि आफु फिल्म खेल्न तयार रहेको उनले बताए । ‘पहिला अरुलाई नै खेलाउने सल्लाह भएको थियो, उनले भने, ‘त्यस्तो सोचे जस्तो कलाकार नभएपछि मलाई नै खेल्न उहाँहरुले सल्लाह दिनुभयो । अनि म तयार भएँ ।’

सुरुको दिनमा अभिनय कठिन भएको जनाउँदै उनले भने, ‘फुटबल र अभिनय दुवै आ आफ्नो ठाँउमा राम्रो क्षेत्र हुन् । अभियन गर्न सुरुमा गाह्रो भएको थियो । एक महिना अभिनयको कक्षा पनि लिए । अभिनय गर्न सजिलो छैन । पछि विस्तारै आफुलाई पनि थाहा हुँदै गयो । यो गर्दा राम्रो होला भन्ने लाग्न थाल्यो । पछि पछि सजिलो हुँदै गयो । ‘
फिल्ममा उनको नृत्य पनि देख्न पाइने भएको छ । ‘विदेशबाट एउटा ट्रफी जितेर फर्केपछि त्यसको खुसीयालीमा सानो गेट टुगेदर जस्तो हुन्छ,’ लजाउँदै उनले भने, ‘त्यसमा मेरो पनि डान्स छ । तर, त्यसको सुटिङ बाँकी छ ।’ अनिल आबद्ध केहि कम्पनीको विज्ञापनमा देखिदै आएकाले आफुलाई क्यामरा फेस गर्न सहज भनेको अनुवभ सुनाए । उनले अभिनयका लागि कलाकार एवंम् विमान चालक विजय लामासँग धेरै पटक सल्लाह लिएको जानकारी दिए ।
अनिल फिल्मलाई लिएर निकै आशावादी दिएका छन् । ‘कलाकारहरु त्यस्तो स्थापित हुनु हुन्न । तर पनि फिल्म राम्रो बनेको छ ,’उनले थपे, ‘मलाई र नेपाली फुटबललाई मन पराउनुहुनेले अवश्यक फिल्म हुर्नुहुनेछ । केहि महिनामा फिल्म रिलिज गर्ने लक्ष्य राखेपनि लकडाउनका कारण केहि पछि सर्ने भएको छ ।’

आत्मकथा पनि केहि महिनामा ल्याउने तयारी भइरहेको अनिलले बताए । ‘पछिल्लो २ वर्षदेखि हामीले आत्मकथामा पनि काम गरिरहेका छौं ,’ उनले भने, ‘लकडाउनका कारण केहि पछि धकलिएको छ, सके सम्म चाँडै ल्याउने प्रायस गरिरहेका छौं ।’ राष्ट्रिय टोलीबाट अन्तिम खेलमा खेल जीवनको ५० औं खेल पुरा गरेका अनिलले ९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट व्यसायिक खेल जीवनको सुरुवात गरेका थिए ।
पोखराको सहारा एकेडेमीका उत्पादन उनले बिबिसीपछि रुस्लान थ्री स्टार क्लब, नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, एनआरटीबाट पनि खेलेका थिए । त्यसबीचमा उनले भारतीय (आई) लिगमा सिलोङ लाजोङ बाट फुटबल खेलेका थिए । बिबिसीबाट गत सिजन ए डिभिजन लिग खेलेका अनिलले अझै केहि वर्ष क्लब फुटबलमा सक्रिय रहने योजना सुनाए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]