6 years ago
May 24, 2020
एजेन्सी – विश्वकप विजेता जित्दाको पदक फ्रान्सेली टोलीका एक सदस्यले लिलामी मार्फत विक्री गरेका छन् । लिलामीमार्फत उक्त पदक ७१ हजार ८ सय ७५ अमेरिकी डलरमा विक्री भएको बताइएको छ ।

जुनियलन्स लाइभ डट कममा लिलामीका लागि भनेर राखिएको थियो । तर टोलीका कुन सदस्यले आफ्नो पदक विक्री गरेका हुन् भन्ने अहिले सम्म थाहा भएको छैन । २ वर्ष अघि रसियामा आयोजना भएको विश्व कपको उपाधि फ्रान्सले जितेको थियो ।
यो पदक विक्रीले धेरैलाई आश्चर्यमा भने पारेको छ । खेल जीवनकै एउटा महत्त्वपूर्ण उपलब्धिलाई कसैले यसरी विक्री गर्लान् भन्ने कमले अनुमान गरेका हुन्छन् ।
विक्रीका लागि राखिएकोमा लेखिएको थियो, विश्व कप विजेता फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका सदस्यले प्राप्त गरेको पदक । विश्व कप सन् २०१८ जुन १४ देखि जुलाई १५ सम्म रसियामा आयोजना भएको थियो । विश्व कप ११ औं पटक युरोपमा आयोजना भएको थियो ।

विगतमा ब्राजिलियन महान खेलाडी पेलेले आफ्नो पदक विक्री गरेका थिए । उनले आफ्नो शहरमा अस्पताल खोल्नका लागि दुई वटा पदक लिलाम गरेका थिए । उनले एउटा पदक २ लाख ३१ हजार ४ सय ८१ र अर्को १ लाख ७३ हजार ८ सय २८ अमेरिकी डलरमा विक्री गरेका थिए । त्यस्तै विश्वकपको म्याच बल १ लाख ३ सय ८ डलरमा विक्री भएको थियो ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]