6 years ago
May 24, 2020
एजेन्सी – जर्मन फुटबल एसोसिएसन (डिएफए) ले जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार जाडोन सान्चोलाई चेतावनी दिएको छ ।

वल्फस्वर्गविरुद्धको खेलमा अक्रफ हाकिमीले टिमको लागि दोस्रो गोल गरेपछि खेलको नियम विपरित खेलाडीसँग अंकमाल गर्न पुगेपछि डिएफएले सान्चोलाई अब त्यसो नगर्न चेतावानी दिएको हो । खेलमा डर्टमुन्ड २-० ले विजयी भएको थियो ।
डिएफएले कोरोना त्रासकाबीच सावधानी अपनाएर गत सातादेखि जर्मन बुन्डेसलिगा आयोजना गरेको थियो । डिएफएले फुटबल सुचारु गर्ने शर्तमा गोल गर्दा एक आपसमा अंकमाल या हग नगर्ने पनि रहेको थियो । तर, कोरोना पछि दोस्रो राउन्डको खेल सुरु भइसक्दा खेलाडीहरुले लगातार नियम उल्लंघन गरिरहेका छन् ।

गतसाता हर्था बर्लिनले होफेनहाइनमाथि ३–० को जित निकाल्दा डेडरेक बोयाटाले आफ्ना सहकर्मीलाई चुम्बन गरेका थिए । त्यसपछि यो घटनाको खुब आलोचना भएको थियो । शनिबार राति भएको खेलमा दोस्रो गोलको सिर्जना सान्चो आफैंले गरेका थिए । त्यसपछि उनी गोलको सेलिब्रेसन मनाउने क्रममा हालान्ड र हाकिमीलाई अंकमाल गर्न पुगेका थिए ।
सान्चोले यो सिजन डर्टमन्डका लागि १६ गोलको लागि असिस्ट दिइसकेका छन् । सर्वाधिक असिस्ट गर्ने उनी बायर्न म्युनिखका थोमस मुलरसँगै बराबरीमा छन् । २० वर्षीय इंग्ल्यान्डका युवा स्टार सान्चो यो सिजन जर्मन बुन्डेसलिगामा ३० गोलमा संलग्न हुने पहिलो खेलाडी बनेका छन् ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]