6 years ago
May 24, 2020
एजेन्सी – ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो सिजनको अन्त्यसँगै जर्मन क्लब बायर्न म्युनिखबाट क्याटलान क्लब बार्सिलोना फर्कने भएका छन् ।

सिजनको सुरुवातमा लोनमा बायर्न पुगेका कोउटिन्होलाई बायर्नले खरिद नगर्ने निर्णय लिएको हो । बार्सिलोनाले मे तेस्रो सातासम्म १ सय २० मिलियन युरो खर्च गरे बायर्नले खरिद गर्न सक्ने विकल्प प्रस्तुत गरेको थियो । लिभरपुलबाट बार्सिलोना पुगेका कोउटिन्होले त्यसयता अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् ।
बायर्नले १ सय २० मिलियन तिर्नुपर्ने प्रस्तावलाई अबलम्बन नगरेको बायर्नका अध्यक्ष कार्ल हाइन्ज रुमिनेजेले बताए । ‘हामीसँग विकल्प थियो तर त्यसलाई अबलम्बन गरेनौं । हामीले अझैपनि अर्को सिजन कस्तो टोली बनाउने भन्ने अन्तिम योजना तयार पारेका छैनौं । यदि हामीलाई उनको आवश्यकता पर्यो भने बार्सिलोनासँग नयाँ सम्झौता गर्न पनि सकिनेछ,’ रुमिनेजेले भने ।
बार्सिलोनाका प्रशिक्षक किके सेटिनले भने कोउटिन्हो बार्सिलोना फर्कंदा टोलीलाई फाइदा हुने तर्क राखेका थिए । उनले प्रि-सिजनमा कोउटिन्होको प्रदर्शन हेरेर उनलाई अर्को सिजन कहाँ खेलाउने भन्ने तय गर्ने बताएका थिए ।
हाल चोटका कारण मैदानबाहिर रहेका कोउटिन्होले जारी सिजन बायर्नका लागि ३२ खेल खेलेका छन् । उनले यसक्रममा ९ गोल गर्नुका साथै ८ असिस्ट दिएका छन् ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]