default_image

6 years ago

May 26, 2020

डर्टमुन्डविरुद्ध बायर्न : सम्पुर्ण जानकारी

164 views

0 Bookmark

एजेन्सी – कोरोना त्रासकाबीच १६ मेदेखि शुरु भएको जर्मन बुन्डेसलिगामा आजदेखि तेस्रो चरणका खेलहरु सुरु हुदैछ । तेस्रो चरणमा आज बहुप्रतिक्षित बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखको खेलसँगै अन्य तीन खेल पनि हुनेछ ।

अन्य तीन खेलको तुलनामा डर्टमन्ड र बायर्नबीचको खेललाई विश्व फुटबलले निकै महत्त्वका साथ हेरिरहेका छन् । कारण यही खेलले नै जर्मन बुन्डेस लिगाको यो सिजनको उपाधिमा निर्णायक भूमिका खेल्न सक्नेछ । खेल डर्टमुन्डको मैदान सिग्नल इडुना पार्कमा नेपाली समयअनुसार राति १०ः१५ बजेपछि सुरु हुनेछ ।

बायर्न घरेलु टोलीलाई पन्छाउँदै उपाधि यात्रालाई थप बलियो बनाउन चहान्छ । जित निकाल्न सके बायर्नले डर्टमुन्डसँग ७ अंकको अग्रता बनाउनेछ । बराबरीले ४ अंक कायम रहँदा हारले अंक दुरी एकमा छोट्टिनेछ ।

यता, घरेलु टोली डर्टमन्ड बायर्नलाई पराजित गर्दै अंक दुरी छोट्याएर उपाधि होडमै उभिन चहान्छ । बराबरीले झिनो सम्भावना रहँदा हारले डर्टमन्डको उपाधि यात्रा लगभग सकिनेछ । बायर्नको २७ खेलबाट ६१ तथा डर्टमन्डको ५८ अंक छ ।

बायर्नलाई यसपटक डर्टमुन्डको मैदानमा उत्रदा केही फाइदा हुन सक्नेछ । कारण खेल बन्द रंगशालामा हुनेछ । जहाँ जर्मनीको सबैभन्दा विशाल दर्शक रहने इडुना पार्क शान्त रहनेछ । डर्टमुन्डका लागि घरेलु माहौल नै शुन्य रहनेछ । यसको फाइदा बायर्नले लिन सक्नेछ ।

बायर्नका प्रशिक्षक हान्सी फ्लिक घरेलु टोलीलाई पाखा लगाउँदै उपाधि यात्रालाई थप सहज हुनेमा आशावादी छन् । बायर्नले यसअघि घरेलु मैदानमा डर्टमुन्डलाई ४–० ले पराजित गरेको थियो ।

यस्तै बायर्नका भरपर्दा खेलाडी थोमस मुलरले डर्टमुन्डविरुद्ध तयार रहेको बताएका छन् । ‘हामी डर्टमुन्डसँगको खेलको लागि तयार छौ । उनीहरुलाई हराएर हामी डर्टमुन्ड भन्दा राम्रो छौ भन्ने देखाउन चाहन्छौ । कोरोनाको प्रकोप नभएको भए मंगलबारको बायर्न र डर्टमुन्डबीचको खेल हेर्न ८२ हजार दर्शकको साक्षी रहने थियो । दर्शकबिना पनि डर्टमुन्डसँगको खेल सोचे अनुरुप सजिलो हुने छैन ।’ मुलरले भने ।

‘हाम्रो लागि निकै महत्वपूर्ण खेल हो । हामी यसलाई लिएर निकै स्पष्ट छौं । यो खेल जित्दै हामी बुन्डेसलिगा उपाधितर्फ एउटा लामो कदम अघि बढाउने छौं ।’

बायर्नका लागि रोवर्ट लेवान्डोस्की नै मुख्य हतियार हुनेछन् । लेवान्डोस्कीले डर्टमुन्डविरुद्धको पछिल्लो ६ खेलमा १२ गोल गरेका छन् । उनलाई थोमस मुलर, सर्जी जिनाब्री, किङ्सले कोमान, जोसुवा किम्मिच र लियोन गोरेट्जकाले साथ दिनेछ ।

यता, घरेलु मैदानमा डर्टमुन्ड बायर्नलाई पराजित गर्दै उपाधि यात्रामा नै रहने दाउमा हुनेछ । बायर्न अघिल्लो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा समेत रहने छ । बायर्नविरुद्ध डर्टमुन्डका अर्लिङ ब्राउट हालान्ड मुख्य हतियार हुनेछन् । जनवरीमा डर्टमन्ड आएयता १९ वर्षीय हालान्डले लिगमा १० गोल गरिसकेका छन् ।

गोल मेसिनको रुपमा देखिएको हालान्डले यो सिजन ४१ गोल गरिसकेका छन् । हालान्डले जुनसुकै बेला पनि खेललाई परिवर्तन गर्न सक्ने क्षमता राख्दछन् । जेडन सान्चोले पनि बायर्नविरुद्ध प्रभाव जमाउन सक्नेछन् । पछिल्लो दुई खेलमा वैकल्पिक खेलाडीको रुपमा रहेका सान्चोले बायर्नविरुद्ध पहिलो रोजाईमा मौका पाउन सक्नेछन् ।

डर्टमन्डले पछिल्ला ५ मध्ये एक खेल मात्रै गुमाएका छन् । डर्टमन्डले पछिल्लोपटक च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा पीएसजीसँग २–० को हार बेहोरेको थियो । यता, बायर्न पछिल्लो ८ खेलमा अपराजित छ ।

हेड टु हेड

पछिल्लो तथ्यांक अनुसार यि दुई टोली ३३ पटक आमने समाने भएका छन् । जसमा बायर्न नै हावी देखिएको छ । बायर्नले १५ खेलमा जित हात पार्दा ६ बराबरी र १२ हारको नतिजा निकालेको छ । पछिल्लो चार खेलको नतिजा हेर्दा यि दुई टोलीले समान दुई जित निकालेका छन् । डर्टमुन्डले कम अन्तरमा जित निकाल्दा बायर्नले फराकिलो अन्तरमा जित निकालेका छन् ।

खेल हुने स्थानः सिग्नल इडुना पार्क, डर्टमुन्ड

खेल हुने समयः राति १०ः१५ बजे

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.