default_image

6 years ago

May 26, 2020

रामोसको नजरमा दुर्लभ कीर्तिमान

172 views

0 Bookmark

एजेन्सी – स्पेन राष्ट्रिय टोलीका समेत कप्तान रहेका सर्जियो रामोसले २०१५ यता स्पेनिस महारथी रियल म्याड्रिडको कप्तानी सम्हालिरहेका छन् । गोलरक्षक इकर कासियसले रियल छाडेपछि रामोसले कप्तानीको जिम्मा पाएका हुन् ।

 

३४ वर्षे रामोस आफ्नो व्यावसायिक खेल करियरको अन्त्यतिर छन् । खेल करियरको अन्त्यतिर रहेको रामोसलाई एउटा कीर्तिमान थप्ने महत्त्वपूर्ण अवसर छ । त्यो हो रियललाई सबैभन्दा धेरै खेलमा कप्तानी गर्नु । रियलमा यो कीर्तिमान लेजेन्ड राउल गोन्जालेज ब्लान्कोको नाममा रहेको छ ।

यसमा नयाँ सम्झौताले पनि निर्भर गर्नेछ । किनकि रामोसको रियलमा सम्झौता सकिनै लागेको छ । सम्झौता नवीकरण भएको खण्डमा उनले राहुलको कीर्तिमान तोड्न सक्नेछन् । सम्झौता नवीकरण हुन नसकेको अवस्थामा यो विषय थाती रहनेछ ।

२००५ देखि रियलमा रहेका रामोसले हालसम्म ६४० खेल खेल्दा २५२ खेलमा कप्तानी गरेका छन् । उनीभन्दा अघि राउलले २९८ खेलमा कप्तानी गरेका थिए । राउलले १९९४ देखि २०१० सम्म ७४१ खेल खेल्दा २९८ खेलमा रियलको कप्तानी सम्हालेका थिए । राहुलले २००३ देखि रियलको कप्तानी सम्हालेका थिए । त्यसपछि इकर कासियसले २०१० देखि २०१५ सम्म रियलको कप्तानी गरेका थिए ।

रामोस राउलभन्दा ४६ खेलले मात्रै पछि छन् । रामोसको रियलमा २ वर्षको सम्झौता भएमा उनले यो लक्ष्यलाई भेटाउन सक्नेछन् । त्यसैले रामोस रियलमा नयाँ सम्झौताको पर्खाइमा छन् । रियलमा हालसम्म ३४ कप्तान भएका छन् । जसमा १ सय भन्दा बढी खेलमा कप्तानी गर्नेमा राहुल (२९८), रामोस (२५२), कासियस (२३४) र फर्नान्डो हिएरो (१०८) छन् ।

२०१४/१५ को सिजनपछि इकर कासियसबाट कप्तानको आर्मब्याण्ड पाएका रामोसले रियलबाट २१ उपाधि जित्दा आफ्नै कप्तानीमा ५ सिजन बिताउँदा ११ उपाधि जितेका छन् । जसमा समान तीन च्याम्पियन्स लिग र फिफा क्लब वल्डकप, समान दुई युइएफए सुपर कप र सुपर कोपा र एक स्पेनिस ला लिगा रहेका छन् । १० उपाधि जिनेदिन जिदानको प्रशिक्षणमा तथा एक उपाधि सान्टियागो सोलारीको प्रशिक्षणमा जितेका छन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.