default_image

6 years ago

May 27, 2020

रियलमा रोड्रिग्वेजको ४ सय दिन बाँकी

130 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडमा हामेस रोड्रिग्वेजको सम्झौता अब ४ सय दिन बाँकी रहेको छ । कोलम्बियाका मिडफिल्डर रोड्रिग्वेजको खेल जीवन रियलमा सन्तोषजनक छैन । सन् २०१४ मा ८० मिलियान युरोमा उनी रियलमा आबद्ध भएका थिए ।

२०१७ मा नविकरण गर्ने सम्झौाता २०२१ को जुनसम्मका लागि लम्बाइएको थियो । नविकरणपछि उनले दुई सिजन जर्मन च्याम्पियन बार्यन म्युनिखमा लोनमा बिताएका थिए । ४२ मिलियन युरोमा उनलाई स्थायी रुपमा खरिद गर्ने बायर्नसँग मौका भएपनि टोलीले त्यस्तो गर्न चाहेन ।

रियल फर्केपछि उनी गत सिजन क्लब छाड्ने नजिक पुगेका थिए । तर नेपोलीसँगको सम्झौता हुन सकेन । रोड्रिग्वेजलाई बेचेर केहि पैसा कमाउने रियलसँग अब एउटा मौका मात्र बाँकी रहेको छ । अन्यथा त्यसपछिर्को सिजन उनी फ्रि हुनेछन् । उनलाई अनुबन्धन गर्न अमेरिकाको मेजर लिग सकरका टोलीले पनि इच्छा देखाएका छन् । तर उनको मोटो तलबले केहि समस्या हुन सक्छ ।

आर्थिक रुपमा सुदृढ प्रिमियर लिगका टोली उनलाई भित्राउनका लागि इच्छुक देखिएका छन् । तर, त्यसअघि यो सिजनमा बाँकी टोलीका ११ खेलमा उनको प्रदर्शन कस्तो रहन्छ त्यो महत्वपूर्ण हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.