default_image

6 years ago

May 26, 2020

हालान्ड भर्सेस लेवान्डोस्की

148 views

0 Bookmark

एजेन्सी – कोरोना त्रासकाबीच दुई महिनापछि १६ मेदेखि सुरु भएको जर्मन बुन्डेसलिगा । उपाधि होडमा रहेका टोलीबाट दुवै खेलमा शत प्रतिशत नतिजा । यो उपाधि होडमा रहेका बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डको नतिजा हो । 

कोरोनापछिको दुई चरणको खेलमा डर्टमुन्डले पछिल्लो दुई खेलमा साल्केमाथि ४–० ले तथा वल्फ्सबर्गमाथि २–० को जित निकालेको थियो । बायर्नले युनियन बर्लिनमाथि २–० को तथा फ्रान्फर्टमाथि ५–२ को जित निकालेको थियो ।

कोरोनापछि यही अपराजित दुई टोली मंगलबार राति आमनेसमाने हुदैछन् । खेल डर्टमुन्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा नेपाली समयअनुसार राति १०ः१५ बजेपछि शुरु हुनेछ । यो खेललाई जर्मनको ‘डेल क्लासिकेर’ को नामले अर्थात जर्मन क्लासिकोको रुपमा पनि लिइन्छ । अझ अहिले यो खेललाई हालान्ड भर्सेस लेवान्डोस्कीको रुपमा पनि चित्रण गर्न थालिएको छ ।

उपाधि होडमा रहेको बायर्न र डर्टमुन्ड दुवैलाई यो खेल उत्तिकै महत्वपुर्ण छ । अर्थात दुवैलाई जित आवश्यक छ । सम्भवतः यही खेलले नै जर्मन बुन्डेस लिगाको यो सिजनको उपाधि छिनोफानो गर्न सक्नेछ । डर्टमन्डविरुद्ध जित निकाल्न सके बायर्नले ७ अंकको स्पष्ट अग्रता बनाउनेछ । बराबरीले ४ अंककै तथा हारले अंक दुरी १ मा छोट्टिनेछ ।

यता, घरेलु टोली डर्टमुन्ड बायर्नलाई पराजित गर्दै अंक दुरी छोट्याएर उपाधि होडमै उभिन चहान्छ । बराबरीले झिनो सम्भावना रहँदा हारले डर्टमन्डको उपाधि यात्रा लगभग सकिनेछ । बायर्नको २७ खेलबाट ६१ तथा डर्टमन्डको ५८ अंक छ । बायर्नलाई यसपटक डर्टमुन्डको मैदानमा उत्रदा केही फाइदा हुन सक्नेछ । जर्मनीको सबैभन्दा बिशाल दर्शक रहने इडुना पार्क शान्त रहनेछ । डर्टमण्डका लागि घरेलु माहौल नै शुन्य रहनेछ ।

डर्टमुन्डले पछिल्ला ५ मध्ये एक खेल मात्रै गुमाएका छन् । डर्टमन्डले पछिल्लोपटक च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा पीएसजीसँग २–० को हार बेहोरेको थियो । यता, बायर्न पछिल्लो ८ खेलमा अपराजित छ ।

हालान्ड भर्सेस लेवान्डोस्की

मंगलबार राति बायर्न र डर्टमुन्डको खेलमा डर्टमुन्डका हालान्ड र बायर्नका लेवान्डोस्की नै सवैको नजरमा पर्नेछ । किन कि यि दुई खेलाडी कठिन अवस्थामा गोल गर्न निकै माहिर छन् । बुन्डेस लिगाका सर्वाधिक गोलकर्ता (२७) रहेका लेवान्डोस्कीलेयो सिजन ३५ खेलमा (४१) गोल गरेका छन् । लेवान्डोस्कीले डर्टमन्डविरुद्धको पछिल्लो ६ खेलमा १२ गोल गरेका छन् ।

यता, हालान्डले पनि यो सिजन ३५ खेलमै ४१ गोल गरेका छन् । जनवरीसम्म थोरै मात्र नाम सुनिएका १९ वर्षीय हालान्ड डर्टमुन्ड आएयता नै उनको चर्चाको शिखर चुलिएको हो । उनले डर्टमुन्डमा आएर बुन्डेस लिगामा १० खेलमा १० गोल गर्दा डर्टमन्डका लागि १३ खेलमा १३ गोल गरेका छन् । हालान्डले यो सिजन अष्ट्रियन क्लब रेडबुल साल्जवर्गका लागि २८ गोल गरेका थिए ।

हेड टु हेड

पछिल्लो तथ्यांक अनुसार यि दुई टोली ३३ पटक आमने समाने भएका छन् । जसमा बायर्न नै हावी देखिएको छ । बायर्नले १५ खेलमा जित हात पार्दा ६ बराबरी र १२ हारको नतिजा निकालेको छ । पछिल्लो चार खेलको नतिजा हेर्दा यि दुई टोलीले समान दुई जित निकालेका छन् ।  यस सिजनको पहिलो खेलमा बायर्नले घरेलु मैदानमा डर्टमण्डलाई ४–० ले हराएको थियो ।

गत सिजन बायर्नको मैदानमा भएको खेलमा पनि घरेलु टोली ५–० ले विजयी भएको थियो । पछिल्लो दुई खेलमा कुनै गोल नखाई नगरी ९ गोल गरेको डर्टमुन्डलाई यसपटक घरेलु मैदानमा बदला लिने अवसर समेत छ । गत सिजन घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमुन्डले बायर्नलाई ३–२ ले पराजित गरेको थियो । घरेलु मैदानमा बायर्नसँग खेलेको पछिल्लो चार खेलमा डर्टमुन्डले एक खेल मात्र हारेको छ ।

खेल हुने स्थानः सिग्नल इडुना पार्क, डर्टमुन्ड

खेल हुने समयः राति १०ः१५ बजे

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.