6 years ago
May 27, 2020
एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो एक सातादेखि युभेन्टसको प्रशिक्षणमा सामेल भइसकेका छन् । तर, रोनाल्डोले अझै पनि टिमसँगको प्रशिक्षण समावेश हुन पाएका छैनन् ।

युभेन्टसले प्रशिक्षण शुरु गर्ने भएपछि पोर्चुगलको मडेरियाबाट इटली फर्किएका रोनाल्डोले दुई साता क्वारेन्टिनमा बिताएका थिए । यसबीचमा रोनाल्डोले दुई साता युभेन्टसको प्रशिक्षण छुटाएका थिए । क्वारेन्टिनमा रहँदा पनि रोनाल्डोले आफुलाई फिट राख्ने प्रयास गरिरहेका थिए ।
दुई साताको प्रशिक्षण छुटेका कारण रोनाल्डोले हालसम्म टिमसँग सामुहिक प्रशिक्षण गर्न पाएका छैनन् । तर, रोनाल्डोले एकल प्रशिक्षण गर्दै आफुलाई फिट राख्नको लागि बलसहित प्रशिक्षण र त्यसपछिको समयमा पनि छुट्टै प्रशिक्षण पनि गरिरहेका छन् ।

क्वारेन्टिनमा रहँदा ३५ वर्षीय रोनाल्डोको कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनले एक साता अघिदेखि प्रशिक्षणमा सामेल हुन पाएका थिए । रोनाल्डोले गतसाता प्रशिक्षणमा फर्किएपछि तस्विरसँगै ‘जब हामी धैर्यता र स्थिर बन्छौं, हामीले कठिनाईहरु पार गर्ने उपाय भेट्टायौं ।’ भनी पोस्ट गरेका थिए ।
मौरिसिया सार्रीको प्रशिक्षणमा युभेन्टसले सोमबारदेखि सामूहिक प्रशिक्षण शुरु गरिसकेका छन् । रोनाल्डो केही दिनपछि सामुहिक प्रशिक्षणमा जोडिने प्रशिक्षक सार्रीले बताएका छन् । तर, क्लबले रोनाल्डोले माइकल जोर्डन शैलीमा प्रशिक्षण गरिरहेको भिडियो शेयर गर्दै क्याप्सन ‘सहज रुपमा लिउ क्रिस्टियानो’ लेखेको थियो ।

कोरोना महामारीका कारण सिरी ‘ए’ गएको मार्च देखि स्थगित छ । इटालियन फुटबल फेडेरेसनले जुनको दोस्रो या तेस्रो सातादेखि सिरी ‘ए’ सुचारु गर्ने तयारी गरिरहेको छ । सिरी ‘ए’ को ११ चरणको खेल बाँकी रहँदा युभेन्टस ६३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । लाजियोले ६२ अंक जोडेर युभेन्टसलाई पछ्याइरहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]