6 years ago
May 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – निलम्बित अध्यक्ष पुरुषोत्तम थापाको ठाँउमा कार्यवहाक अध्यक्ष तोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर एन्फालाई निर्देशन दिएको छ ।

एन्फाले आइतबार ललितपुर एन्फाका महासचिव शिशिर बिक्रम हमालको नाममा पत्र काट्दै संघको कार्यसमितिको बैठकको निर्णयबाट कार्यवहाक अध्यक्ष तोकि एन्फामा जानकारी गराउन भनेको छ । पत्रमा एन्फाले ललितपुर एन्फाका थापालाई २०७७ जेठ ५ गतेबाट नै लागु हुने गरी अध्यक्षको जिम्मेवारीबाट निलम्बन गरेको जनाएको छ ।
सोही पत्रमा एन्फाले विधान अनुसार कारवाही गरेको भन्दै एन्फाको आगमी साधारण सभा सम्मका लागि फुटबल खेलसँग सम्बन्धित एन्फा र जिल्ला फुटबल संघ समेतका सबै गतिविधिमा संलग्न हुन नपाउने गरि निलम्बन गरेको उल्लेख छ । सोमबार मात्रै एन्फा ललितपुरकै महासचिव हमालले अध्यक्ष थापामाथिको कारवाही फिर्ता गर्न एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र लेखेका थिए ।
एन्फाले गएको वर्षदेखि बैशाख २२ गते मनाउदै आएको ‘एन्फा डे’ छ । वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले ए, बी र सी डिभिजन क्लबको भाइवर समूहमा ‘ह्याप्पी एन्फा डे’ भनेर शुभकामनामा बी डिभिजन क्लब झम्सिखेल युथ क्लबका कोषाध्यक्ष तथा प्रशिक्षक समेत रहेका पुरुषोत्तम थापाले ‘आज एन्फा डे होइन चोरहरुको श्री गणेश डे हो ’ भन्दै प्रतिक्रिया दिएका थिए ।
त्यसपछि एन्फाले संस्थागत मर्यादा र हित विपरित जवाफ दिएको भन्दै थापालाई २४ बैशाखमा स्पष्टिकरण सोधेको थियो । दुई दिनभित्रै अध्यक्ष थापाले ‘प्रतिशोधले त्यो शब्द प्रयोग नगरेको, कसैलाई इंगित नगरेको र कसैलाई चोट वा हानी पु¥याए क्षमा मागेको’ उल्लेख गर्दै जवाफ दिएका थिए । त्यसमा उनले २२ वैशाखमै एन्फा डे मनाउनु पर्ने कारण पनि सोधेका थिए ।
स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै एन्फाको सचिवालय बैठकले थापालाई अर्को साधारण सभासम्मका लागि निलम्बनको कारवाही सुनाएको थियो । एन्फाले गरेको निलम्बनको निर्णय विधान विपरित र त्रुटिपूर्ण रहेको भन्दै थापाले राष्ट्रिय खेलकुद परिषद राखेप र एन्फाकै अपिल कमिटीमा अपिल गरेका छन् । थापाले सोही व्यवहोराको पत्र फिफा र एएफसीलाई पठाएको जानकारी दिएका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]