default_image

6 years ago

May 28, 2020

रेनिएरलाई रियलको सिनियर टोलीमै मौका

160 views

0 Bookmark

एजेन्सी – ब्राजिली युवा प्रतिभा रेनिएर जेससले स्पेनिस महारथी रियल म्याड्रिडको पहिलो रोजाईको टोलीमा पहिलोपटक प्रशिक्षण गर्ने मौका पाएका छन् ।

रेनिएर बुधबारदेखि रियलको पहिलो रोजाईको टोलीको प्रशिक्षणमा जोडिएका हुन् । रियलले बुधबारदेखि नै १४ जनाको समुहमा प्रशिक्षण थालेको छ । रेनिएरसँगै अर्का दुई युवा स्टार मिगुइल गुटेरेज र जाभी हर्नान्डेज पनि रियलको प्रशिक्षणमा जोडिएका छन् । यिनीहरुले दुई साता अघिदेखि प्रशिक्षण शुरु गरिरहेका छन् ।

चोटका कारण लुका जोभिक र मारियानो डियाज टोलीको प्रशिक्षणमा अनुपस्थित रहेपछि प्रशिक्षक जिदानले युवा प्रतिभाहरुलाई पहिलो टोलीमा प्रशिक्षणको मौका दिएका हुन् । रियलले बुधबारदेखि १४–१४ जनाको समूह बनाएर प्रशिक्षण थालेको छ ।

जनवरीमा रियलमा अनुबन्ध भएयता रेनिएरले जिदानको टिमसँग प्रशिक्षण लिएको पहिलोपटक हो । रेनिएरले यसअघि क्यास्टिलामा राउलको प्रशिक्षणमा खेलेका थिए । जिदानले रेनिएरको प्रदर्शनलाई पछ्याइरहेको छ । सेगुन्डा ‘बी’ डिभिजन सकिएका कारण १८ वर्षीय रेनिएरले आउदो समरबाटै रियलको पहिलो टोलीमा मौका पाउने सम्भावना छ ।

स्पेनका यु–१९ टोलीका सदस्यसमेत रहेका मिगुएल गुटेरेज ला फाब्रिकामा उत्पादा भएका युवा प्रतिभा हुन् । उनले पनि अर्काे सिजनबाट रियलको पहिलो रोजाईका टोलीमा स्थान बनाउन सक्नेछन् । गुटेरेजले यसअघि रियलको पहिलो टोलीबाट यात्रा गरिसकेका छन् । गुटेरेजले म्युनिखमा भएको औडी कपमा जिदानको प्रशिक्षण पाएका थिए । उनी ला फब्रिकाबाट रियलको पहिलो रोजाईमा खेल्ने पहिलो खेलाडी बनेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.