6 years ago
May 28, 2020
एजेन्सी – जर्मन बुन्डेस लिगामा आरबी लाइप्जिग बराबरीमा रोकिदा साल्केको अर्काे हार बेहोरेको छ । लाइप्जिग हेर्था बर्लिनसँग २–२ गोलको बराबरीमा रोकिदा साल्के डुसेलडर्फसँग २–१ ले पराजित भएको हो ।

रेडबुल एरिनामा बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको लाइप्जिगका लागि लुकास क्लोस्टरमन र प्याट्रिकले गोल गरे । हेर्थाका मार्काे ग्रुजिक र क्रिजिस्टफ पियाटिकले गोल गरे । खेलको नवौं मिनेटमा नै मार्काे ग्रुजिकको गोलबाट घरेलु टोली लाइप्जिग पछि परेको थियो । २४औं मिनेटमा लुकास क्लोस्टरमनले बराबरी गोल फर्काउदा पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
दोस्रो हाफसँगै लाइप्जिगले झट्का बेहो¥यो । ६३औं मिनेटमा मार्सेल हल्सटेनवर्ग दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि लाइप्जिग १० खेलाडीमा समेटियो । म्याथ्युज कुन्हामाथि अनावश्यक ट्याकल गरेपछि रेफ्रीले मार्सेललाई मैदान बाहिर पठाएका थिए ।

१० खेलाडीमा समेटिएपनि लाइप्जिगले खेलमा अग्रता लिन सफल भयो । ६८औं मिनेटमा प्याट्रिकले कोनराड लेइमेरको पासमा गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाएका थिए । ८२औं मिनेटमा हेर्थाका पियाटिकले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । एडेमोला लुकमनले कुन्हालाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले हेर्थालाई पेनाल्टी प्रदान गरेका थिए । जसमा पियाटिक चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।
बराबरीसँगै लाइप्जिगले दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डसँगको अंक दुरी बराबरी गर्ने मौका गुमाएको छ । लाइप्जिगको २८ खेलबाट ५५ अंक छ । डर्टमुन्डको ५७ अंक छ । हेर्था ३५ अंक जोडेर १०औं स्थानमा छ ।
यस्तै अर्काे खेलमा साल्के डुसेलडर्फसँग २–१ ले पराजित भएको छ । कोरोनापछि शुरु भएको बुन्डेस लिगामा साल्केको यो लगातार तेस्रो हार हो । खेलमा शुरुवाती अग्रता साल्केले लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुगेको हो ।

५३औं मिनेटमा साल्केका वेस्टन म्याकिनीले गोल गर्दै अग्रता दिलाएका थिए । ६३औं मिनेटमा डुसेलडर्फका रोवेन हेनिङ्सले बराबरी गोल फर्काए । ६८औं मिनेटमा किनन कारामनले गोल गर्दै डुसेलडर्फलाई २–१ को जित दिलाए । जितपछि डुसेलडर्फ २७ अंक जोडेर १६औं स्थानमा यथावत रहँदा साल्को नवौं स्थानमा यथावत छ । बायर्न म्युनिख ६४ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
अन्य नतिजा
अग्सवर्गविरुद्ध पाडेरवर्न (०–०)
होफेनहाइनविरुद्ध कोल्न (३–१)
युनियन बर्लिनविरुद्ध माइन्ज (१–१)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]