default_image

6 years ago

May 28, 2020

नेयमारको विकल्प खोज्न ५ सय मिलियन स्वाहा!

179 views

0 Bookmark

एजेन्सी – स्पेनिस फुटबल मात्र नभएर युरोपेली फुटबलमा एक समय बार्सिलोना र रियल म्याड्रिडका आक्रामक तीन खेलाडीको जोडी निकै प्रख्यात थियो । बार्सिलोनामा लिओनेल मेस्सी, लुइस सुआरेज र नेयमारको एमएसएन जोडी र रियल म्याड्रिडमा ग्यारेथ बेल, करीम बेन्जेमा र क्रिस्टियानो रोनाल्डोको बीबीसीले तहल्का मच्चाएका थिए ।

दुवै टोलीका जोडीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गरे । विश्व फुटबलका भविष्य मानिएका नेयमारले सन् २०१७ मा बार्सिलोना छाडेर पीएसजी जाने निर्णय गर्दा सबै चकित परे । त्यसो त बार्सिलोनाले पनि पीएसजीबाट विश्व कीर्तिमानी रकम पाएको हुनाले नेयमारलाई रोक्न त्यति प्रयास गरेन । बार्सिलोनाले प्राप्त रकमबाट नेयमारको विकल्पमा खेलाडी किन्न सकिने सोचेको थियो ।

तर नेयमारले क्लब छाडेको ३ सिजन बितिसक्दा पनि उनको स्थान लिएर मेस्सी र सुआरेजलाई सहयोग गर्न सक्ने भने कोहि देखिएको छैन । यसबीचमा बार्सिलोनाले मोटो रकम खर्च गर्दै स्टार खेलाडीहरुलाई टोलीमा भित्र्याएको छ । यसै सिजन मात्र १८ मिलियन युरो खर्चेर मार्टिन ब्रेथवेट आक्रमणमा थप मजबुती दिन बार्सिलोना आएका थिए ।

barcelona-messi-neymar-suarez

त्यसअघि बार्सिलोनाले १ सय २० मिलियन युरो तिरेर एटलेटिको म्याड्रिडका स्टार एन्टोइन ग्रिज्मनलाई क्याम्प नोउमा ल्याएको थियो । घानाका मिडफिल्डर जेरोम बोटेङ र ब्राजिलियन विंगर माल्कम पनि ४१ मिलियन युरोमा बार्सिलोना आए, तर दुवैले खासै प्रभाव जमाउन सकेनन् । अर्का ब्राजिलियन विंगर फिलिपे कोउटिन्होले १ सय २० मिलियन युरोमा अनुबन्धन भएपनि अपेक्षा गरेअनुसार प्रदर्शन गरेनन् ।

जेरार्ड डेउलोफेउ १२ मिलियन युरोमा पुन: बार्सिलोना फर्किए । तर उनको बसाईं लामो समय रहन सकेन । फ्रान्सका युवा प्रतिभा ओस्मान डेम्बेले अनुबन्धन गर्न बार्सिलोनाले १ सय ५ मिलियन युरो खर्च गर्यो । तर निरन्तर चोट र अनुशासनको समस्यामा रुमल्लिएका उनी क्लबमा लामो समय टिक्ने सम्भावना देखिन्न ।

स्पेनी फरवार्ड पाको अल्कासेरका लागि बार्सिलोनाले ३० मिलियन युरो खर्चेको थियो । तर ५० खेलमा १५ गोल गरेपनि बार्सिलोनाको मागअनुसार प्रदर्शन गर्न नसक्दा उनको यात्रा पनि टुंगियो । एटलेटिको म्याड्रिडबाट ३६ मिलियन युरोमा आएका आर्डा टुरानले ५५ खेल खेलेका छन् । तर उनको नाम अहिले कमै समर्थकको मश्तिश्कमा रहेको छ ।

ट्रान्सफर रकमसँगै खेलाडीले खेल अनुसार पाउने बोनस हेर्ने हो भने यी खेलाडीमाथि हालसम्म ५ सय मिलियन युरोभन्दा बढी खर्च भएको छ । तर नेयमारको स्थान लिने सम्भावना भने कसैले देखाएका छैनन् । एन्टोइन ग्रिज्मनले एटलेटिकोमा देखाएको प्रदर्शन पहिलो सिजनमा दोहोर्याउन सकेनन् । क्लबले उनीमाथि निकै आशा राखेको छ ।

सन् २०१४ मा ८१ मिलियन युरोमा आएका लुइस सुआरेजले ६ सिजन क्लबमा बिताएका छन् । यसक्रममा उनले २ सय ७० खेल खेल्दै १ सय ९१ गोल गरेका छन् । उनको मेस्सीसँग राम्रो साझेदारी गर्दै क्लबको सफलतामा अहम भूमिका निर्वाह गरेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.