default_image

6 years ago

May 29, 2020

पोग्बाका लागि रियल चार खेलाडी साट्न तयार

147 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लव रियल म्याड्रिडले फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बा अनुबन्धको लागि युनाइटेडसमक्ष आफ्ना टोलीका चार खेलाडी दिने प्रस्ताव गरेको छ । 

रियल यसपटक पोग्बा लागि केही पछि हटेको अनुमान गरिएपनि यो प्रस्तावसँगै रियल र प्रशिक्षक जिनेदिन जिदान अझै पनि उनको अनुबन्धको दौडमा रहेको बुझ्न सकिन्छ । जिदानले यसअघि पनि पोग्बा अनुबन्धको लागि लगातार प्रयास गरेपनि विफल भएको थियो । २७ बर्षे पोग्बाले युनाइटेड छाड्ने योजना बनाइरहेका छन् । उनी पछिल्लो समय आफ्नो पूर्व क्लब युभेन्टससँग नजिकिएको चर्चा पनि चलेको छ ।

रियलले युनाइटेडलै प्रस्ताव गर्ने सुचीमा हामेस रोड्रिग्वेज, मार्टिन ओडेगार्ड, लुकास भास्क्वेज र ब्राहिम डियाज छन् । पछिल्लो समय चोटसँग जुधिरहेका पोग्बाले यो सिजन युनाइटेडका लागि ८ खेलमा गोल गर्न सकेका छैनन् । युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने पोग्बा नबेच्ने बताउँदै आएका छन् ।

प्रशिक्षक सोल्सायरले पोग्वालाई गत जनवरीमा क्लबमा अनुबन्ध भएका पोर्चुगिज ब्रुनो फर्नान्डेजसँगै खेलाउने योजना बनाएका छन् । ब्रुनोको आगमनसँगै युनाइटेडले प्रदर्शन सुधार गर्दै आएको छ । पोग्बा घाइते भएका कारण यी दुईले सँगै खेल्न भने पाएका छैनन् ।

यता कोलोम्बियाका मिडफिल्डर रोड्रिग्वेज पनि क्लब छाड्ने तयारीमा छन् । उनी २०१४ मा फ्रेन्च क्लब मोनाकोबाट रियलमा अनुबन्धित भएका थिए । ब्राजिलमा भएको विश्वकपमा उच्च प्रदर्शन गरेपछि रियलले रोड्रिग्वेजलाई क्लबमा अनुबन्ध गरेको थियो । तर, रियलमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि उनी २०१७ देखि २०१९ सम्म लोनमा जर्मन क्लब बायर्न म्युनिख पुगेका थिए ।

यस्तै ओडेगार्डलाई रियलले १६ वर्षको उमेरमा २०१५ मा नर्वेजियन क्लब स्ट्रोम्सगोडसेटबाट रियलमा अनुबन्ध गरेका थिए । रियलको पहिलो रोजाईमा अवसर नपाएका उनले एससी हिरेनभिन र भिटेसे आर्न्हम हुँदै अहिले रियल सोसिडाडबाट लोनमा खेलिरहेका छन् । ओडेगार्डले उच्च प्रदर्शन गरिरहे पनि पोग्बा अनुबन्धन हुने देखिएमा रियलले उनलाई बेच्न सक्नेछ ।

अर्का खेलाडी लुकास भाज्केज रियलको एकेडेमीमा हुर्किएका खेलाडी हुन् । उनले वैकल्पिक खेलाडीका रुपमा मात्र अवसर पाएकाले जिदानको योजनामा नरहेको प्रष्ट छ । ब्राहिम डियाज गत जनवरीमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेका थिए । तर उनले सोचेअनुरुप छाप बसाउन सकेनन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.