6 years ago
May 28, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिद-१९) संक्रमणका कारण स्थगित भएको इंगलिस प्रिमियर लिग (ईपिएल) सुचारु हुने मिति तोकिएको छ । प्रिमियर लिग र क्लबहरुको बैठकले लिग जुन १७ देखि सुचारु गर्ने पक्का गरेको छ ।

प्रिमियर लिग अन्तर्गत २९ औं चरणका खेल समापन गर्न बाँकी रहेका दुई खेल जुन १७ तारिखमा हुनेछ । त्यस दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि अर्को चरणको खेल भने जुन १९ देखि नै सुरु हुने जनाइएको छ । लिगका सबै खेल बन्द रंगशालामा हुनेछन् ।
लिगमा लिभरपुल २९ खेलमा ८२ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २८ खेलमा ५७ अंक छ । लिभरपुलले अबको दुई खेल जितेमा लिग उपाधि पक्का गर्नेछ । तेस्रो स्थानको लेस्टर सिटीको ५३ तथा चौथो स्थानको चेल्सीले ४८ अंक जोडेको छ ।
रेलिगेसन क्षेत्रमा भने यसपटक निकै प्रतिस्पर्धा हुने देखिएको छ । पुछारको नर्विचले २९ खेलमा २१ अंक जोड्दा एस्टन भिल्ला २८ खेलमा २५ अंकसहित १९ औं स्थानमा छ । समान २७ अंक जोडेका वेस्ट ह्याम, वाटफर्ड र बर्नमाउथ गोलअन्तरका आधारमा क्रमश: १६ देखि १८ औं स्थानमा छन् ।१५ औं स्थानको ब्राइटनको पनि २९ अंक मात्र छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]