6 years ago
May 30, 2020
एजेन्सी – बायर लिभरकुसान जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । शुक्रबार राति भएको खेलमा लिभरकुसानले फ्रेइवर्गमाथि १–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो ।

लिभरकुसानको २९ खेलबाट ५६ अंक पुगेको छ । एक खेल कम खेलेको आरबी लाइप्जिगको ५५ अंक रहेको छ । पराजित फ्रेइवर्ग ३८ अंक जोडेर आठौं स्थानमा यथावत छ ।
फ्रेइवर्गमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा लिभरकुसानले एक गोल गर्दै महत्वपुर्ण ३ अंक लिन सफल भएको हो । ५४औं मिनेटमा केए हाभेट्जले गरेको गोल नै लिभरकुसानको जितमा निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौकाहरु खेर फालेका थिए ।
बुन्डेस लिगामा आज राति ५ खेल हुदैछ । हेर्था बर्लिन र अग्सवर्ग, माइन्ज र होफेनहाइन, साल्के र वेर्डर ब्रेमेन, वल्फ्सवर्ग र फ्रान्कफर्ट तथा बायर्न म्युनिख र डुसेलडर्फबीच प्रतिस्पर्धा हुदैछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]