6 years ago
May 30, 2020
एजेन्सी – अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी आउदो जुन २४ मा ३३ वर्ष लाग्दैछन् । यो उमेरमा प्राय खेलाडीहरु सन्न्यास लिने योजना बनाउन सुरु गर्छन् ।

तर, अर्जेन्टिनी फरवार्डका लागि त्यस्तो समय देखिँदैन । यद्दपि उनी कहिलेसम्म बार्सिलोनामा रहने टुंगो लागेको छैन । अझ मेस्सी सम्झौता नविकरण गर्ने छलफलमा जुटेका छन् । तर, उनले आफ्नो करियर अझै समाप्त नभएको प्रष्ट पारेका छन् ।
क्लब र मेस्सीबीच सम्झौत नवीकरण हुन नसकेको अवस्थामा मेस्सीले बार्सिलोनाका लागि कहिलेसम्म खेल्नेछन् भन्ने नै शंकामा छ । तर, उनी लामो समय बार्सिलोनाका लागि खेल्नेमा समर्थकहरु आशावादी छन् ।
यता ३५ वर्षे रोनाल्डोले इटालीमा लगातार उच्च प्रदर्शन गरिरहेका कारण पनि मेस्सीलाई उही लयमा रहन दबाब बढेको छ । पोर्चुगिज फरवार्ड रोनाल्डोको युभेन्टससँग २०२२ सम्म सम्झौता रहेको छ । यसको अर्थ ३७ वर्षसम्म पनि युभेन्टसमा नै खेल्न सक्नेछन् । उनको शारिरिक क्षमताले पनि त्यहि संकेत गर्छ ।
मेस्सी कहिलेसम्म खेल्न चाहन्छन् र उच्च स्तरमा कहिलेसम्म खेल्न सक्षम हुनेछन् भन्न सकिने अवस्था छैन । पछिल्लो प्रदर्शन अनुसार उनले अझै पनि लामो समयसम्म खेल्न सक्ने देखाउँछ ।
आफ्नो उच्च फर्मकै कारण यो उमेरमा पनि उनी युरोपको शीर्ष क्लबमा छन् । नत्र उनी पनि अन्य खेलाडीझैं एमएलएस जाने सक्थे । तर, विश्लेषकहरु मेस्सीले अझैपनि ४ वर्षसम्म शीर्षस्तरको लिग खेल्न सक्नेमा बताउँछन् । कारण उनको खेल्ने शैलीले उनलाई साथ दिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]