default_image

6 years ago

May 30, 2020

इकार्डी पीएसजीमै रहने

107 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डी स्थायी रुपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बस्न तयार भएका छन् ।

पीएसजीबाट यो सिजन लोनमा खेलिरहेका इकार्डी स्थायी रुपमै फ्रान्समा बस्न तयार भएका हुन् । इकार्डीलाई फ्रान्समा राख्ने बिषयमा दुवै क्लब इन्टर मिलान र पीएसजी सहमत भएका छन् । इटालियन फरवार्डलाई पेरिसमा राख्न पीएसजीले इन्टर मिलानलाई ४५ मिलियन पाउन्ड दिन सहमत भएको छ । उनले ६ मिलियन पाउन्ड बोनस समेत पाउनेछन् ।

पीएसजीसँगको इकार्डीको सम्झौता २०२१ को मे महिनासम्म मात्रै रहेको थियो । उनी गत सिजन लोनमा पीएसजी पुगेका थिए । इकार्डी २०१३ मा इटालियन क्लब साम्पडोरियाबाट इन्टर मिलान पुगेका थिए । अर्जेन्टिनी फरवार्ड इकार्डी इन्टर मिलानको मुख्य प्रशिक्षकमा एन्टोनियो कोन्टे आएपछि क्लबबाट बाहिरिएका थिए । तर, फ्रान्समा इकार्डीले राम्रो प्रभाव जनाउन सफल भए ।

विश्व फुटबलका स्टार नेयमार र केलियन एमबाप्पे रहेको पीएसजीबाट २७ वर्षीय इकार्डीले यस सिजन सबै प्रतियोगितामा ३१ खेलमा २० गोल गर्न सफल भएका छन् । उनले पीएसजीबाट यो सिजन च्याम्पियन्स लिगको ६ खेलमा ५ गोल गरेका छन् ।

कोरोना महामारीका कारण फ्रेन्च लिग वान रद्ध भएर पीएसजी फ्रेन्च लिग च्याम्पियन घोषित हुँदा युइएफए च्याम्पियन्स लिग खेल्न बाँकी छ । पीएसजीले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई समग्रमा ३–२ ले पराजित गर्दै क्वाटरफाइन्लमा स्थान बनाएको छ । च्याम्पियन्स लिग अगस्टमा हुने तयारी छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.