default_image

4 years ago

June 1, 2020

रोनाल्डोको शीर्ष ५ मै क्रिस्टियानो परेनन्!

एजेन्सी – ब्राजिलियन फरवार्ड रोनाल्डो नाजारियोले आफूलाई मन पर्ने पाँच खेलाडीको नाममा लिओनेल मेस्सीलाई शीर्ष स्थानमा राख्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई भने समावेश नै गरेका छैनन् । विश्व फुटबलमा पछिल्लो एक दशकदेखि मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने चर्चा चलिरहेको छ । तर एक जमानामा आफैं सर्वोत्कृष्ट रहेका रोनाल्डोले मेस्सीलाई नै उत्कृष्ट मानेका छन् । उनले […]

50 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड रोनाल्डो नाजारियोले आफूलाई मन पर्ने पाँच खेलाडीको नाममा लिओनेल मेस्सीलाई शीर्ष स्थानमा राख्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई भने समावेश नै गरेका छैनन् ।

विश्व फुटबलमा पछिल्लो एक दशकदेखि मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने चर्चा चलिरहेको छ तर एक जमानामा आफैं सर्वोत्कृष्ट रहेका रोनाल्डोले मेस्सीलाई नै उत्कृष्ट मानेका छन् उनले ६ पटकका ब्यालोन डी’ओर विजेता मेस्सीलाई शीर्ष स्थानमा राख्दा ५ पटकका विजेता क्रिस्टियानो रोनाल्डोलाई भने आफ्नो रोजाईको शीर्ष ५ मा नै अटाएनन्

शीर्ष ५ खेलाडी रोज्न एएसको अन्तर्वार्तामा रोनाल्डोले भने, ‘ अवश्य पनि मेस्सी नै नम्बर १ खेलाडी हुन् । उनीजस्तो प्रतिभा हेर्न हामीले २०-३० वर्ष प्रतीक्षा गर्नुपर्छ । मलाई त्यसपछि मोहमा सलाह, इडेन हाजार्ड, नेयमारको खेल मनपर्छ र अहिले किलियन एम्बाप्पे पनि ।’

रोनाल्डोले एमबाप्पे र आफूबीच पछिल्लो समय दाँजेर गरिने चर्चालाई भने नकारे ‘ मलाई धेरैले भने की एमबाप्पे मजस्तो खेल्छन् खेल्ने शैली, तीव्र गति, फिनिस गर्ने तरिका र दुवै खुटाले प्रहार गर्ने क्षमता, यो सब मिल्छ भन्ने अरुको दावी छ,’ रोनाल्डोले भने, ‘ होला केहि समानता होला तर म दाँजेर हेर्न सक्दिन हामी दुई फरक युगको खेलाडी हौँ र हामीले खेल्ने अवस्था पनि फरक छ

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.