6 years ago
June 6, 2020
एजेन्सी – इंग्लिस क्लब आर्सनलले आफ्ना स्टार फरवार्ड पिएरे इमिरिक औबामियाङलाई उनको सम्झौता अवधिसम्म क्लबमै राख्ने बताएको छ । सम्झौता अन्त्य हुने समय नजिकिंदै जाँदा उनले क्लब छाड्ने हल्ला चलेको थियो ।

आर्सनलमा औवामियाङको सम्झौता अर्काे सिजनको समरसम्म रहेको छ । दि सनका अनुसार ३१ बर्षे औबामियाङको सम्झौता अर्को सिजन सकिएसँगै समाप्त हुने र नयाँ सम्झौताको बारेमा केही पनि निर्णय भएको छैन । आर्सनलका हेड अफ फुटबल राउल सन्लाहीले उनलाई फ्रि एजेन्टबाट अर्को सिजनमा बिक्री गर्ने बताएका छन् ।
गाबोनका फरवार्डलाई आर्सनलले यो सिजन नबेच्ने प्रष्ट पारेको छ । कोरोना संक्रमणका कारण बजारबाट अन्य खेलाडी किन्न कठिन हुने भएपछि क्लबले यो निर्णय लिएको आँकलन गरिएको छ । औबामियाङ यसै सिजन क्लब छाड्ने चर्चा चलेको थियो । कोरोना महामारीकै कारण अन्य क्लबले पनि उनलाई विक्री गर्दा उचित मुल्य नपाउने देखिएको छ ।
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले उनलाई क्लबमा राख्नका लागि पनि प्रयास गरिरहेका छन् । प्रशिक्षक आर्टेटा उनलाई अनुबन्धन अवधि सकिनु अघि नै नयाँ गराउने प्रयासमा जुटेका छन् । यद्यपि औबामियाङमाथि बार्सिलोना, पीएसजी र इन्टर मिलानले चासो दिइरहेका छन् ।
चेल्सीले औबामियाङलाई अनुबन्धन गर्ने प्रयास गरेपनि क्लबले उक्त प्रस्ताव कुनै हालतमा स्वीकार नहुने बताएको थियो । त्यसैले चेल्सीले जर्मन टोली आरबी लाइप्जिगबाट फरवार्ड टिमो वेर्नरलाई अनुबन्ध गरिसकेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]