default_image

6 years ago

June 4, 2020

एपिएफ टोलीकी कप्तान अनु हवल्दारमा बढुवा

234 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब महिला फुटबल टोलीकी कप्तान एवंम् राष्ट्रिय टोलीकी पूर्व फरवार्ड अनु लामा हवल्दारमा बढुवा भएकी छिन् ।

उनीसँगै राष्ट्रिय टोलीका पूर्व खेलाडी भगवती थापा, रञ्जना दर्जी र रिता आले पनि हवल्दारमा बढुवा भएका हुन् । उनीहरुले बिहीबार दर्जान्ही चिन्ह प्राप्त गरेका थिए । यसअघि चारै जना सहायक हवल्दार थिए ।

अनु महिला फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छिन् । उनले ३५ गोल गरेकी छिन् । उनी भन्दा अगाडी एपिएफकै सावित्रा भण्डारी सम्बा (३८ गोल) छिन् ।

बढुवा हुँदा निकै खुसी लागेको सुनाउँदै अनुले भनिन्, ‘फुटबलका माध्यमबाट विभागलाई पुर्याएको योगदानको कदर भए जस्तो महसुस भएको छ । हिजा आए जस्तो लाग्छ । यति समय बितिसकेछ । फुटबल र विभागकै कारण आज यहाँ छु ।’

अनु २०६३ मा एपिएफमा आबद्ध भएकी थिइन् ।घरेलु फुटबलमा अझै केहि वर्ष सक्रिय रहने योजनामा रहेकी रौतहटकी अनुलाई गत वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा डेमा विशेष योगदान खेलाडी अवार्डबाट सम्मान गरेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.