6 years ago
June 4, 2020
एजेन्सी – कर छलीको आरोपमा दोषी पाइएपछि स्पेन अदालतले स्पेन तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई ६ महिनाको जेल सजायको साथै ४ लाख ८२ हजार पाउन्ड जरिवाना सुनाएको छ ।

कर छलीको आरोप प्रमाणित भएपछि उनलाई अदालतले ६ महिनाको जेल सजाय तथा ४ लाख ८२ हजार पाउन्ड जरिवाना जरिवाना सुनाएको हो । कोस्टाले सन् २०१४ मा एट्लेटिको मड्रिडबाट चेल्सी सरुवा हुँदा १ मिलियन युरो भन्दा बढी राज्यलाई ठगेको आरोप लाग्नुको साथै तस्बिर अधिकारवापतको १ मिलियन युरो भन्दा बढी सार्वजनिक नगरेको आरोप लागेको थियो ।
कर छलीमा दोषी पाइएपनि स्पेनको कानुन अनुसार हिंसात्मक अपराध नगरेकाले २ वर्ष भन्दा कम जेल सजाय भएका कारण तोकिएको जरिवाना रकममा थप केहि रकम तिरेको खण्डमा जेल जानु पर्ने छैन । कोस्टा थप ३२ हजार पाउन्ड तिर्न सहमत भएका छन् । कोस्टा बिहीबार मुद्धा सुनुवाईका लागि फेस मास्क लगाएर अदालत पुगेका थिए ।
यसअघि स्पेनमा क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र रियल म्याड्रिडका पुर्व प्रशिक्षक जोसे मौरिन्होलाई कर छलीको आरोप लागेको थियो । उनीहरुले पनि कर छलेको प्रमाणित भएपछि अतिरिक्त शुल्क बुझाएर जेल बस्नु परेको थिएन ।
कोस्टा २०१७ मा पुनः एट्लेटिको मड्रिड नै फर्किएका थिए । उनले चेल्सीलाई दुई प्रिमियर लिगको उपाधि जितेका थिए । चोटका कारण कोस्टाले यो सिजन एट्ल्टिकोका लागि १९ खेल मात्रै खेलेका छन् । जसमा उनले २ गोलमात्रै गरेका छन् ।
उनी अहिले एट्लेटिको मड्रिडको प्रशिक्षणमा फर्किसकेका छन् । कोरोना महामारीका कारण स्थगित स्पेनिस ला लिगाको यो सिजनको बाँकी खेल ११ जुनबाट शुरु हुदैछ । एट्लेटिकोले १४ जुनमा एथ्लेटिको बिल्वाओसँग खेल्ने तालिका छ । एट्लेटिको ४५ अंक जोडेर छैटौ स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]