default_image

6 years ago

June 5, 2020

कास्कीमा ट्रेनिङ सेन्टरका लागि १७ करोड विनियोजन

140 views

0 Bookmark

विजय नेपाली, पोखरा

आगामी आर्थिक वर्षबाट सुरु हुने परियोजना पुरा भएमा भौतिक पूर्वाधारका हिसाबले नेपाली फुटबलका लागि अर्को एउटा महत्वपूर्ण कदम हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, धरान र बुटवलमा तीन वटा एकेडेमी सञ्चालन गरिरहेको एन्फाले माछापुच्छ्रे गाउँपालिकामा बहुउद्देश्यीय फुटबल ट्रेनिङ सेन्टर निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ ।

पोखरा बाट १७ किलोमिटर उत्तरतर्फ रहेको माछापुच्छ्रे गाउँपालिका भेडाबारीमा बन्न लागेको सेन्टरका लागि एन्फाको यसै साता बसेको बैठकले १७ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ । ४ ठाँउमा देखाएको मध्ये भेडाबारीको योजना फिफाले स्वीकृत गरेको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

अब केहि समयमा टेण्डर प्रक्रिया अघि बढाइने उनले बताए । शेर्पाले विदेशी फुटबल टोलीलाई प्रशिक्षणमा उपलब्ध गराउन सकिने लक्ष्यका साथ ट्रेनिङ सेन्टरको निर्माण गरिने बताए ।

फिफा मापदण्ड अनुसारको सुविधा सम्पन्न ट्रेनिङ सेन्टरको निर्माण गरिने जनाउँदै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले भने, ‘फिफाको सहयोगमा ट्रेनिङ सेन्टर बनाउन लागेको हो । पछि बजेट थपिंदै जाने बताइएको छ ।’

सेन्टरका लागि गाँउपालिकाले २ सय ५२ रोपनी जग्गा भोगचलनका लागि उपलब्ध गराएको छ । कास्कीका अध्यक्ष गुरुङले फिफा परियोजनामा पर्नका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, एन्फा केन्द्रिय अध्यक्ष शेर्पा, गण्डकी प्रदेशमा पर्ने जिल्ला संघका अध्यक्ष, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङको भूमिका महत्वपूर्ण रहेको बताए । मन्त्री विश्वकर्माको निर्वाचन क्षेत्रमा सेन्टर निर्माण गर्न लागेको भन्दै केहिले भने एन्फाको आलोचना पनि गर्दै आएका छन् ।

ट्रेनिङ सेन्टरमा ३५ खेलाडी सम्म राख्ने मिल्ने चार बेग्ला बेग्लै होस्टेल निर्माण गरिने अध्यक्ष गुरुङले बताए । जहाँ राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समुहको अभ्यास तथा प्रशिक्षण सञ्चालनको लक्ष्य राखिएको छ । एन्फा कास्कीका अध्यक्ष गुरुङका अनुसार सेन्टरमा ५ हजार दर्शक क्षमता सहितको प्राकृतिक मैदान, दुई कृतिम मैदान, दुई बालुवा मैदान, स्विमिङ पुल, रेष्टुरेन्ट, पुस्तकालय, जिमहल र सभा हल निर्माण गरिनेछ । यो नेपाली खेलकुदकै हालसम्मको वृहत परियोजनाको रुपमा रहेको छ ।

फिफाले तीन चरणको परियोजना निर्माणको काम सक्न एन्फालाई निर्देशन दिएको बताइएको छ । गुरुङले भने, ‘पहिलो चरणको काम सकिएपछि अर्को बर्ष पनि बढ्दै जानेछ । फिजियो अस्पताल लगायतको लागि समेत बजेट आउने जानकारी पाएका छौं ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.