default_image

6 years ago

June 5, 2020

साल्केले राउलको सहयोग लिने

133 views

0 Bookmark

एजेन्सी – क्लबमा रहेको समस्या समाधानका लागि साल्केले टोलीका पूर्व फरवार्ड राउल गोन्जालेजलाई बोलाउने भएको छ । क्लबलाई समस्याबाट बाहिर निस्कनका लागि उनको सल्लाह लिन लागेको बताएको छ । यद्दपी अहिले सम्म राउललाई कुनै औपचारिक प्रस्ताव भने गइ नसकेको बताइएको छ ।

raul real

साल्के पछिल्लो समय लिगमा खराब लयबाट गुज्रिरहेको छ । कोरोना संक्रमणका कारण स्थगित भएको लिग सुचारु भएपछि टोलीले कुनै खेल जितेको छैन । टोलीले खेलेका सबै ४ खेलमा हार बेहोरेको छ । यसक्रममा टोलीले १० गोल खाँदै मात्र १ गोल फर्काउन सकेको छ । अंक तालिकामा साल्के ३७ अंकसहित दशौं स्थानमा छ ।

रियल म्याड्रिड कास्टिलाका प्रशिक्षक राउललाई बुन्डेसलिगा टोली साल्केले आदर्श खेलाडीका रुपमा मानेको छ । रियल छाडेपछि राउलले सन् २०१० देखि २०१२ सम्म साल्केमा बिताएका थिए । जहाँ उनले राम्रो छाप छाडेका थिए । कतारको अल साद जानुअघि राउल सम्मिलित साल्केले डिएफबी पोकल र डिएफएल सुपर कप उपाधि जितेको थियो ।

साल्केले समस्याको समाधानका लागि क्लबका अन्य खेलाडीहरुसँग पनि सम्पर्क गरेको बताइएको छ । यसैबीच, रियलले राउललाई भविष्यको सिनियर टोलीको प्रशिक्षकका रुपमा हेरेको छ । त्यसका लागि उनले प्रशिक्षणमा बढी भन्दा बढी अनुभव बटुलुन् भन्ने क्लबले चाहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.