default_image

6 years ago

June 5, 2020

जर्मन स्टार वेर्नर चेल्सीमा आउने

192 views

0 Bookmark

एजेन्सी – जर्मनी तथा जर्मन क्लब आरबी लाइप्जिगका फरवार्ड टिमो वेर्नर इंग्लिस क्लब चेल्सीमा आउने भएका छन् । चेल्सीले वेर्नरलाई ५ वर्ष सम्झौतासहित ५२ मिलियन पाउन्डको अनुबन्ध प्रस्ताव गरेको छ । 

अनुबन्ध सफल भए जर्मन बुन्डेस लिगामा उच्च प्रदर्शन गरिरहेका वेर्नर २०२५ सम्म लन्डन क्लब चेल्सीमा रहनेछन् । लिभरपुलले वेर्नरको रिलिज क्लजको मुल्य तिर्न असहमत भएपछि चेल्सीले त्यसको फाइदा उठाएको हो । वेर्नरले प्रतिसाता १ लाख ८० हजार पाउन्ड पाउनेछन् । उनको वार्षिक कमाइ ९ मिलियन पाउण्ड हुन आउछ ।

खेलाडी अनुबन्धमा प्रतिबन्ध बेहोरेको चेल्सीले गत सिजन इडेन हजार्ड बेच्दा केही रकम संकलन गरेको थियो । सोही रकम नै परिपक्व फरवार्ड वेर्नर अनुबन्धको लागि पर्याप्त बन्नेछ । अनुबन्ध सफल भएको खण्डमा चेल्सीले उनलाई केही दिनमा सार्वजनिक गर्नेछ । उनको सम्झौता प्रावधान अनुसार ५२ मिलियन पाउण्ड रिलिज क्लज अर्को साता समाप्त हुने भएकाले चेल्सीले त्यसको फाइदा उठाएको हो ।

भिएफवी स्टुटगार्टबाट करियर शुरु गरेका २४ वर्षीय वेर्नरले बुन्डेस लिगामा यो सिजन २५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचीमा दोस्रो स्थानमा रहेका छन् । उनी भन्दा अघि बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की (२९) छन् । वेर्नरले यो सिजन लाइप्जिगका लागि ४० खेलमा ३१ गोल गरेका छन् । २०१७ देखि जर्मी राष्ट्रिय टोलीमा रहेका वेर्नरले २९ खेलमा ११ गोल गरेका छन् ।

चेल्सीले गत फेब्रुअरीमा मोरक्को तथा डच क्लब आयाक्सका हाकिम जिएकलाई ३६ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ । वेर्नर यो सिजनमा चेल्सीमा अनुबन्ध हुने दोस्रो खेलाडी बन्नेछन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.